हत्यारालाई कार्बाहीको माग गर्दै हिँडेका निहत्था जनता माथी प्रहरीव्दारा निर्मम लाठी प्रहार !

महेन्द्र केसी, पर्वत २०७४ असार २५ । कुस्मा नगरपालिका( ९, कटुवाचौपारी स्थित आइबल एकेडेमी बोर्डिङ स्कूलका शिक्षक नारायण पौडेलको शंकास्पद मृत्युलाई लिएर मृतकको शवयात्रा सहित हत्यारालाई कार्बाही गर आदि नारा लगाउदै कुस्मा सदरमुकाम परिक्रमा गरिरहेका जनतामाथी प्रहरीले निर्मम लाठी प्रहार गरेको छ ।

मृतकको शवलाई लिएर आफन्त र शुभचिन्तकहरुसहितको दबाबमुलक विशाल जुलुशले विभिन्न नारा सहित हत्यारालाई कार्बाहीको माग गर्दै कुस्मा बजार परिक्रमा गर्नुका साथै दुर्लुङ चोकमा केहि समय चक्का जाम समेत गरेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरीवीच झडप हुँदा प्रहरीले निहत्था जुलुस माथि निर्मम लाठी प्रहार गरेको जुलुसमा सहभागीहरुले बताएका छन् ।

उता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले प्रदर्शनकारीले सडक जाम गराउँदा स्थानीयले नै ढुङ्गामुढा हानेपछि ३ म्यादी सहित ४ जना प्रहरी घाईते भएको बताएका छन् ।

गत जेठ २५ गते देखी बेपत्ता नारायण पौडेलको शव असार ४ गते बागलुङ जिल्लाको जैमिनी नगरपालिका जैदी बेलबगरमा भेट्टिएको थियो । मृतक पौडेलकी आमाले शवको घाँटीमा लगाएको बुटिक माला छिद्रा दाँत हातमा बाँदेको डोरो नङ लगाएतको आधारमा आफनै छोरा नारायणको भएको बताए पनि प्रहरीले डीएनए गर्न काठमाडौँ शिक्षण अस्पताल पठाएको थियो । डीएनए शवपरीक्षणबाट शव मृतक पौडेलकै भएको प्रमाणित भएपछी प्रहरीले मृतकका परिवारलाई शव बुझाएको थियो । आज सोहि शव लिएर न्याय माग गर्दै सदरमुकाम आएका जनताहरुले लाठी खाएका हुन् ।

मृतक पौडेलको दाहसंस्कारका लागि जुलुस सहश्रधारातिर लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसरी निहत्था जनतामाथी प्रहरीले लाठी वर्षायो ।

स्मरणीयछ, जिल्ला प्रहरी कार्यालय पर्वतले घटनाको अनुसन्धानको सिलसिलामा मृतकले पढाउने आइबल एकेडेमीका प्रिन्सिपल बिमल पौडेल, अभिभावकहरु देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधान सहित तीन जनालाई विहीवार देखी हिरासतमा लिएको छ ।

सोहि बोर्डिङमा पढ्ने दुई जना विद्यार्थीहरुलाई यातना दिएको मृतक शिक्षक पौडेलमाथी आरोप लगाउँदै उनिमाथी प्रिन्सिपल र अन्य दुुई अभिभावकहरुले कुटपिट गरेको मृतकका परिवार र आफन्तले आरोप लगाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *