जापान नेपाली एकता समाज ओसाकाव्दारा क्यान्सर पीडितालाई ५१ हजार सहयोग

ताराप्रसाद शर्मा, बागलुङ २०७४ असार २५ । राष्ट्रिय जनमोर्चा निकट जापान नेपाली एकता समाज क्षेत्रिय कमिटि ओसाकाले एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । जापान नेपाली एकता समाज क्षेत्रिय कमिटि ओसाकाले फोक्सोको क्यान्सरवाट पीडित बागलुङको दुदिलाभाटी माइत भई हाल चितवनको भरतपुर बस्दै आएकी यमकुमारी शर्मा खरेललाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

समाजका अध्यक्ष कमल कार्कीको सक्रियतामा संकलित नेपाली ५१ हजार १ सय ५१ रुपैया बागलुङको नरेठाँटीमा आयोजित एक कार्यक्रमका बिच पीडितका भाई तेजेन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो । राष्ट्रिय जनमोर्चा नरेठाँटीको संयोजनमा भएको कार्यक्रममा उक्त रकम राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा र समाजका अध्यक्ष कमल कार्कीका छोरा याम कार्कीले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटाले जापान एकता समाजले मानवीय सेवामा आधारित रहेर संकलन गरि पठाएको उक्त रकमलाई बिरामीको उपचारमा खर्च गरि सहि सदुपयोग गर्न आग्रह गरेका थिए ।

पीडित शर्मा खरेलको स्वास्थ्य अवस्थाका वारेमा उनका भाई तेजेन्द्र शर्माले जानकारी गराएका थिए ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा नरेठाँटीका प्रतिनिधि जीवन कुवँरको अध्यक्षता र पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

पीडितका लागि समाजका अध्यक्ष कमलबहादुर कार्की, सचिव मिलन पौडेलले सदस्य दुर्गेश कार्की, त्यसैगरि जापानमा व्यापार व्यवसाय गरि बस्ने डम्मर पुन, नन्दु सापकोटा, सुरेश न्यौपाने, कृष्ण घिमिरे, शिव न्यौपाने र राजु केसीले आर्थिक सहयोग गरेका थिए ।

समाजले यसभन्दा अगाडि बोहोराफाँट निवासी मृगौला पीडित भिमबहादुर बोहरालाई ८५ हजार र काठमाडौमा रहेका अनाथ वालबालिका र मृगौला पीडित एक बालकलाई १० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *