संक्रमणणकालीन न्याय र सरोकारवालाको भुमिका बिषयक गोष्ठी सम्पन्न

बागलुङ २०७४ असार २५ । दिगो शान्ति, र बिकास हाम्रो हाम्रो सरोकार, भन्ने नाराको साथ, संक्रमणणकालीन न्याय र सरोकारवालाहरुको भुमिका बिषयक एक दिवसीय गोष्ठि तथा सम्मान समारोह सम्पन्न भएको छ ।

सत्कर्म नेपालको मुल आयोजना र आमा मिलन केन्द्र, द्दन्दपीडित अधिकार समाजको साझेदारिता, जिससको सहयोगमा सम्पन्न कार्यक्रम जैमिनी नगरपालिकाको व्दन्व्द पीडितहरु नगरका जननिर्वाचित प्रतिनिधिहरु, राजनितिक दल, नागरिक समाज प्रतिनिधिहरु संग यो नयाँ बिषय प्रबेश गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जैमिनि नगरपालिकाको नगर प्रमुख ईन्द्रराज पौडेलले शान्ति र न्याय प्रकृयाका बारे धैरै थाहा पाउन आवश्यक रहेको र यस्तो कार्यक्रम महत्वपुर्ण भएको बताउदै स्थानिय निकायको भुमिकामा गंभिर भएर लागि पर्ने बताए ।

कार्यक्रममा उप प्रमुख लिला रानाले यस्तो महत्वपूर्ण कार्यक्रमको लागि बृहत् कार्यक्रम हुनुपर्ने र शान्ति प्रकृयामा आफु पनि समाहित भई स्थानय निकाले सबै किसिमको भुमिका सुनिश्चित गर्ने विचार व्यक्त गरे ।

नगर कार्यकारी अधिकृत, बिश्णुराज सुबेदीले व्दन्दरत दुबै पक्षलाई मल्हम लगाउने गरि सम्बोधन र सहकार्य गरि भुमिका खोजि गर्दै समाधान गर्ने बताए ।
सत्कर्म नेपालका कार्यकारी निर्देशक एवं सामाजिक अभियन्ता सिताराम थापाले कार्यक्रमको अवधारणा पेश गर्दै संक्रमणकालीन न्याय लिग हराएको रेल जस्तो भएको बताउदै स्थानिय सरकारको उल्लेख्य भुमिका हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा जननिर्वाचित पर्तिनिधिहरुलाई सम्मान दोसल्ला, खादा र अबिर लगाई अभियन्ता थापा र मिना थापा मगरले सम्मान गरेका थिए ।

व्दन्दपीडितहरु खुमा क्षेत्री, सुर्यचन्द्र कंडेल, उमाकान्त शर्मा, भक्त बहादुर बहिक र डिल्लि प्रसाद शर्माले सत्कर्म नेपालले सहयोग गरेको र भावी दिनमा स्थानिय निकाय बिच सहकार्य गरि नया तरिकाले सम्बोधन गर्न अनुरोध गरेका थिए ।

यसैगरि राप्रपाका चेत बहादुर थापा, माओबादी केन्द्रका शोभा प्रसाद शर्मा, नेपाली काङ्ग्रेसका रबि शर्मा उपभोक्ता मञ्च तथा बिध्यालय ब्यवस्थापनका अध्यक्ष तिलक थापा मगर लगायतले स्थानिय सरकारको भुमिका मांथि आफ्नो धारणा र सुझाव राखेका थिए ।

सत्कर्म नेपालका निर्देशक थापाको अध्यक्षता, द्दन्दपिडित समाजको ईलाका अध्यक्ष डिल्लि शर्माको स्वागत र संचालन सत्कर्म नेपालका कार्यक्रम अधिकृत श्री कृष्ण पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *