अपडेट : हटियामा पीकअप जीप दुर्घटना, २ जना चालक घाईते, २ जना चालक फरार !

घनश्याम गौतम, गल्कोट २०७४ असार २४ । हटिया बजार नजिकैको बी एण्ड बी होटेलबाट खानपिन गरी हटिया बजार तिर आईरहेको लु १ च ९८७१ को पीकअप जीप केहि समय अघी ९ बजेर ५ मिनेन जाँदा हटिया नजिकै सेराबजारमा सडकबाट पल्टिएर १० मिटर तल खसेर दुर्घटना भएको छ ।

दुर्घटनाग्रस्त पीकअप जीप ।
दुर्घटनामा जीपमा सवार चारैजना चालक रहेको बुझिएको छ । उनिहरु मध्य एक जना दमेकको यमबहादुर पुन र अर्को गनपा- ३ का पूजन श्रेष्ठ भएको बुझिएको छ । यी दुबै जना स्थानीय इमर्जेन्सी पोलिक्लिनिकमा सामान्य उपचार पछी फर्किएको प्रहरीले जनाकारी दिएको छ । अन्य २ जना चालकहरु सम्पर्कमा आएका छैनन् ।

प्रहरीले घटनाको छानविन गरिरहेकोले थप विवरण पछी दिईने जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *