पदमचाल खोज्न गएका पाँच जना साथीहरु मध्य एक जनाको शंकाष्पद मृत्यु

गल्कोट, २०७४ असार २४ । गल्कोट नगरपालिका- ५ टेवाका पाँच जना साथी मिलेर शुक्रवार विहान गनपा- ७ सानो घुम्टेमा पदमचाल टिप्न गएकोमा चार जना साथी हिँजै घर फर्किएका र एकजना साथी नफर्किएपछी आज विहान देखी आफन्त र प्रहरीले खोजी गर्दा निज हराई रहेको बालक गनपा- ५ को चुलीभीरको जंगलबाट २ हजार मिटर तल खसी गनपा-७ को पहिरो सोताह भन्ने स्थानमा मृत अवस्थामा आज दिउसो २.४० बजे भेटिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शुक्रबार सानो घुम्टेको जंगलमा पदमचाल (अमिलो) खोज्न गएका बालकहरु गनपा-५ टेवाका १४ वर्षका हिमाल थापा मगर, वर्ष १४ कै सुरेश थापा मगर, वर्ष १२ का दुर्गा थापामगर, वर्ष १३ को कमल थापा मगर र वर्ष ११को कमल थापा मगर गएका थिए । उनिहरु मध्य हिमाल थापा मगर घरमा नफर्किए पछी शनिवार विहान इलाका प्रहरी कार्यालय हरिचौरका प्रनि अर्जुनध्वज अधिकारी सहितको टोली र हराएका बालकका आफन्त तथा स्थानीयहरु घटनास्थलमा खोज्न जाँदा निजको शव भेटिएको प्रहरीले जनाएको छ ।

यस सम्वन्धमा प्रहरी निज हिमाल संग साथै जंगलमा गएका अन्य चार जना साथीहरुलाई ईलाका प्रहरी कार्यालय हरिचौरमा राखी घटनाको अनुसन्धान गरिरहेको छ ।

मृतक हिमालको शव पोष्टमार्टमका लागि हरिचौर स्वास्थ्य केन्द्रमा ल्याएर राखिएको पनि प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *