शिक्षक पौडेलको हत्या भएको आशंका : आइबल बोर्डिङका प्रिन्सिपल सहित ३ जना पक्राउ

पर्वत २०७४ असार २४ । कुस्मा नगरपालिका- ९, कटुवाचौपारी स्थित आइबल एकेडेमी बोर्डिङ स्कूलका शिक्षक नारायण पौडेल बेपत्ता काण्डमा सोहि बोर्डिङका प्रिन्सिपल बिमल पौडेल सहित केहि व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर छानविन अघि बढाए पछी पर्वतमा सनसनी मच्चिएको छ । शिक्षक पौडेल गत जेठ २५ गते देखी सम्पर्कविहीन हुनुमा बोर्डिङ कै प्रिन्सिपल र केहि अभिभावकहरुको हात रहेको त्यतिबेलै स्थानीयहरुले आशंक गरेका थिए ।


संपर्कविहीन बनेका शिक्षक पौडेलको शव बागलुङ जिल्लाको जैमिनी नगरपालिका- ८ जैदी बेलबगर काली गण्डकी किनारमा असार ४ गते विहान ९ बजेको समयमा फेला परेको थियो । पहिले वेवारिसे भनेर प्रहरीले शव काली किनारमै गाडेको थियो तर पछी मृतक पौडेलकी आमाले शवको घाँटीमा लगाएको बुटिक माला छिद्रा दाँत हातमा बाँदेको डोरो नङ लगाएतको आधारमा आफनै छोरा नारायणको भएको बताए पनि प्रहरीले उनको कुरामा विश्वास गरेन । उल्टै लामो विज्ञप्ती प्रकाशित गरेर शवको डीएनए गर्न काठमाडौ पठाउनु पर्ने बतायो । अहिले डीएनएको परीक्षणबाट समेत मृतक नारायण पौडेलनै पुष्टी भएपछी जिल्ला प्रहरी कार्यालय पर्वतले मृतक पौडेलको शव आफन्तलाई बुझाएको छ भने बोर्डिङका प्रिन्सिपल पौडेल र अन्य अभिभावकहरु देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई नियन्त्रणमा लिएर आत्महत्या वा हत्या के हो भनेर अनुसन्धान सुरु गरेको बताएको छ । श्रोतका अनुसार शिक्षक पौडेलको मृत्यु उनको घाँटीमा लागेको चोटबाट भएको पोष्टमार्टम रिपोर्टबाट देखिएको छ ।

मृतक पौडेल कुस्मा नगरपालिका-१ पाङ टारका पदमपाणी पौडेल र मैना पौडेलका माहिला छोरा हुन् । अतिनै बिपन्न एक टुक्रा जग्गाजमिनपनि नभएका परिवारमा जन्मिएका पौडेल निकै प्रतिभाशाली थिए । कुस्मा बजारको नारायण माविबाट दश जोड दुइ विज्ञान विषय अध्ययन गरेका मृतक शिक्षक पौडेल केहि दिन पहिले मात्र उक्त बोर्डिङ स्कूलमा विज्ञान शिक्षकमा नियुक्ती पाएका थिए । उनी नारायण माविमा अनेरास्ववियुको उपाध्यक्ष भएरपनि काम गरेका थिए ।

कक्षा परीक्षामा अनुत्तीर्ण भएको भनी दुईजना विद्यार्थीलाई यातना दिएको उनिमाथी आरोप लगाउदै प्रिन्सिपलले अभिभावक समक्ष माफी माग्न भनेपनि उनि मानेका थिएनन् । तत्पश्चात उनी बोर्र्डिङमा पढाउन समेत जान छोडेको श्रोतले बतायो ।

जेठ २५, गते कुस्मा नगरपालिका ५ मेलमिलाप चौक स्थित सूर्य प्रकाश पौडेलका घर डेरामा खाना पकाउन लागेको र धुनका लागि कपडा भिजाएर राखेको अवस्थामा छोडेर मृतक पौडल सम्पर्क विहीन बनेका थिए ।

समाचार श्रोतका अनुसार प्रिन्सिपलले बोलाउनु भएको छ भनेर कसैले बोलाएर लगे पछी उनी घरमा फर्किएनन् । प्रिन्सिपल र शिक्षक नारायण वीचको फोन कुराकानीको डिटेल प्रहरीले लिएको हुनु पर्छ त्यसबाट पनि घटनाबारे यथार्थ जानकारी हुने स्थानीयले बताएका छन् । चर्चा अनुसार शिक्षक पौडेललाई यातना दिईएका भन्ने विद्यार्थीहरुका अभिभावकहरुले तँलाई कुट्दा कस्तो हुन्छ ? भन्दै कुटपिट गरेका थिए ।

प्रहरीले घटनाको गहराईमा पुगेर छानविन गरोस, सत्य तथ्य पत्ता लगाएर दोषिलाई कार्बाही गरोस र एक अति विपन्न परिवारलाई न्याय दिलाओस भन्ने चारैतिर चर्चाको विषय बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *