काँडेवास पचुवामा योजना तर्जुमा गोष्ठी सम्पन्न

लक्ष्मण चालिसे, गल्कोट २०७४ असार २३ । गल्कोट नगरपालीका( ८ काडेबासको प्रथम भेला तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आज काडेबासको पचुवा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका ढालिद्र गौतम एनेकपा माओवादी काडेबासका अध्यक्ष छम बहादुर गलामी राष्ट्रिय जनमोर्चाका भिम बहादुर शेरचन, शिव माध्यमिक बिद्यालयकी शिक्षिका पार्वती पौडेल जन जाग्रित माध्यमिक बिद्यालय का प्र अ तेजिद्र बहादुर बुढाथोकी पुथ्बी माध्यमिक बिद्यालय श्रोतकेन्द श्रोत ब्यक्ति बम बहादुर थापा लगायतले सम सामयिक बिषय, समस्या, बिकास , पर्यटन ,भौतिक अबस्था , आगामि योजना लागायतको बिषयमा आआफना बिचार प्रस्तुत गरेका थिए । गोष्ठीमा मोटरबाटो, भबन निर्माण सिचाई कुलो, गोरेटो बाटो लगायत अन्य समस्यामा छलफल गरिएको थियो।

कार्यक्रम गल्कोट नगरपालिका ८का वडायोजना सम्बन्धि योजना प्रस्तुत गरिएको थियो। अध्यक्ष राम प्रसाद कडेलको अध्यक्षता नब निर्वाचित सदस्य धनश्याम चालिसेको स्बागत मन्तब्य र वडा सचिब आन्नद प्रसाद शर्मा को सन्चालनमा सम्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *