ढोरपाटन नगरपलिका वडा नं. ४ को योजना तर्जुमा गोष्ठि सम्पन्न

सुमन सुनार, २०७४ असार २२ । ढोरपाटन नगरपालिका वडा नं. ४ अर्थात साविक खुंगा गाँउ विकास समिति वडा नं. ६ र ७ को आर्थिक वर्ष २०७४÷७५ को लागी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

वडा समन्वय समिति ढोरपाटन नगरपालिका वडा नं. ४ को आयोजनामा विहिवार अर्थात आज लुकुरवनको हिमालय आधारभुत विद्यालयमा भएको याजना तर्जुमा गोष्ठी कार्यक्रममा ढोरपाटन नगरपलिका वडा नंं. ४ का अध्यक्ष तिलक पुनको अध्यक्षता रहेको थियो भने वडा नं. ४ का वडा सदस्य तिल बहादुर फगामीको विशिष्ट आतिथ्यता रहेको थियो ।

स्थानिय समाजसेवी, बुद्धिजिवि तथा सरोकारवालाविच भएको छलफल तथा योजना तर्जुमा गोष्ठिमा टोल तथा वस्ती स्तरमा रहेका विकास निर्माणका योजनाहरुलाई छनोट गरि वडामा लैजाने र वडाबाट योजना प्राथमिकिकरण गरि आगामी आर्थिक वर्ष २०७४÷०७५ को नगरपरिषदमा लैजाने निर्णय गरेको छ ।

जसअनुसार नुलेखोत घाट झोलुंगे पुल निर्माण, हिमालय आधारभुत विद्यालयमा बाल कक्षा ब्यवस्थापन तथा विद्यालयको खेल मैदान मर्मत, खानेपानी ब्यवस्थापन र विद्यालयमा घेरावार निर्माण र भाङ्गी, तारिखेत, मोवाङ, फलामखानी, कोचब्रे हुदै म्याग्दी जोड्ने मोटरबाटो निर्माणको योजनालाई विशेष प्राथमिकता दिइएको छ ।

यस्तै अन्य विकास निर्माणका योजनाहरु तर्फ बुर्तिबाङ देखि पुर्कोट, भाङ्गी हुदै रिखुवा जोड्ने माटरबाटो निर्माण, आमा समुहको भवनको लागी खानेपानी र चर्पी निर्माण, लुकुरवनको रिखुवामा पुर्व प्राथमिक विद्यालय बाल विकास केन्द्रको स्थापना, लुकुरवनखोला लघु जलविद्युत आयोजना मर्मत, लाम्पाटा घाट, छपाते घाट, झोलुङ्गे पुल निर्माण, मर्चिगोठ, छुुचि खानेपानी योजना मर्मत, स्वास्थ्यचौकी ब्यवस्थापन लगायतका विकास निर्माणका योजनाहरुलाई पनि नगर परिषदमा पठाउने निर्णय गरिएको छ । त्यसैगरी लक्षित वर्ग तर्फ महिलाहरुको लागि दिपज्योती आमा समुहको भवन निर्माण, अपांगता भएकाहरुका लागी सीपमुलक तालमिको ब्यवस्था, दलितहरुको लागि दलित सचेतना कार्यक्रमको ब्यवस्था लगायतका योजनाहरुको माग सहित वडामा पठाउने र वडाबाट योजनाहरु प्रथमिकिकरण गरि आगामी नगर परिषदमा लैजाने निर्णय गरिएको छ ।

उक्त योजना तर्जुमा गोष्ठिको सञ्चालन हिमालय आधारभुत विद्यालयकी शिक्षिका टेकुसरा कार्की अग्र्रेजाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *