चरौदीखोला-कालीमाटी सिँचाई कुलो मर्मत पछि स्थानियलाई सहजता

सरिता खत्री, गल्कोट २०७४ असार २२ । गल्कोट नगरपालिका वार्ड नम्बर ६ साबिको बाड न ८ र ९ चरौदीखोला देखि कालिमाटी सम्मको सिँचाई कुलो मर्मत भएपछि स्थानियलाई सहजता भएको छ । गत वर्ष असोज महिनामा चरौदी खोलामा आएको बाढिका कारण कुलो बगाएपछि क्षेत्रका स्थानिय कृषकहरुलाई सिँचाइ गर्न कठिन भएको थियो ।

बर्षा सँगै आएको बाढिको कारण कुलो बगाउदा सयौ रोपनि जग्गा सिचाई बिहिन बनेको थिए । धान रोपेर पानी लगाउने समयमा एक्कासी खोलामा आएको बाढीले कुलो बगाउँदा धान उत्पादनमा ४० प्रतिशतले कमी आएको स्थानिय कृषक चन्द्र बहादुर बुढाथोकीले बताए । यस वर्ष भने जिल्ल भु संरक्षण कार्यलय बागलुङ बाट १ लाख ४२ हजार बारबरको २२ थान प्राप्त जाली , जिल्ला कृषि विकास कार्यलय बागलुङको साना सिजाई कार्यक्रमको ९६ हजार ३ सय सहयोग र स्थानिय जनश्रमदान गरि खोलामा तटबन्द लगाउने , कुलोमा सिमेन्ट लगाउने र पाइप बाट पानी ल्याउने काम भएको कुलो मर्मत समितिका संयोजक गणेश खत्रीले बताए ।
अहिले वर्षा याममा चरौदी खोलमा पानीको बहाव बढ्ने र हिउद महिना पानीको बहाव घट्ने हुदाँ खोलामा पानीको बहाव सानो हुने र कुलोबाट लगाउदा पानी भासिने समस्या हुन्थ्यो अहिले कुलोमा सिमेन्ट लगाएपछि केहि रुपमा सहजता भएको छ स्थानिय कृषक कर्ण बहादुर खत्रीले बताए ।

पटक पटक खोलामा बाढी आउने र झरेली लगाएर पुन कुलो निर्माण गर्दा स्थानियले सास्ती खेप्नुपरेको थियो । यस वर्ष भने समयमै खेतमा सिँचाई गर्ने पाइने भएपछि त्यहाँका स्थानिय कृषकहरुलाई राहत पुगेको छ । समयमै धानमा पानी लगाउन पाएपछि अघिल्लो वर्षको तुलनामा यस वर्ष भने धान उत्पानमा समेत बृद्धि हुने कृषकले अनुमान गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *