मिस–टिन लुम्विनी सेञ्जल, असिना पसिना हुँदै एक लोटा पानी खाने भईन (भिडियो)

प्रेम सुनार, गुल्मी २०७४ असार २२ । गुल्मीको धुर्कोट गाउँपालिकामा कांग्रेस– माओवादी गठबन्धनले विजयी उत्सव मनाउँदा मिस्टर एण्ड मिसटिन लुम्विनी–२०७४ की विजेता सेञ्जल पौड्यालले उनिहरुको विजय उत्सवको माहौला निकै तताई दिएकी छन् ।

गत १५ दिन अघि देखि धुर्कोट गाउँपालिका–७ साविकको वाग्लास्थित एक आफन्तकहाँ आएको बताउने विभिन्न म्युजिक भिडियोकी मोडल समेत रहेकी सेञ्जल कांग्रेस–माओवादी गठबन्धनको विजयत्सवमा वाजा तालमा नाचेर उनिहरुको माहौल तताई दिएकी हुन् ।
गठबन्धनका गाउँपालिका नवनिर्वाचत प्रमुख भुपाल पोखरेल र उपप्रमुख शिवबहादुर खत्री वाग्लामा आयोजित बधाई तथा शुभकामना आदन प्रदान कार्यक्रममा पुग्दा उनले गुल्मीका एक युवा संगै नाँच्दा नाँच्दै लोटामा पानी मागेर समेत पिएकी थिईन् । दर्शकहरुले एक लोटा पानी खाने भईन भनेर सेञ्जललाई जिस्काएका समेत थिए ।

कपिलवस्तुको शिवराज–३, खैरेनीपुर घर बताउने पौड्याल तराईको शहरबासी भईकन पनि पहाडीया युवा युवतीलाई मात खुवाउने गरी वाजा तालमा नाचेकी थिईन् । उनको पुर्खेयौली घर भने गुल्मीका पुर्कोटदह हो ।

वहुप्रतिभाशाली कलाकार र लुम्विनी अञ्चलकै मिस–टिन विजेता हुँदाहुँदै पनि यी गुल्मेली चेली सञ्जल यस जिल्लावासीका सामु ओझेलमा परेकी छन् र उनलाई खोज्नुको साटो विभिन्न कार्यक्रम हुँदा अन्यत्रका कलाकार बोलाउने गरिन्छ ।

गुल्मीका कार्यक्रममा बोलाईयो भने आउनु हुन्छ ? भन्ने प्रश्नमा उनले भनिन् –‘आफ्नो पुर्खेयौलीले बोलाएमा नआउने त कुरै भएन नि ? ’ परिवारको वसाई कपिलवस्तु भए पनि वुटवल बस्ने र कक्षा १२ मा अध्यानरत पौड्याल वाग्लामा अघिल्लो साँझ त्यहाँका दिदी वहिनी , दाजु भाईहरुको आग्रहमा निकै लामो समय नाचेकी थिईन भने अर्को दिन पनि लोटामा पानी माग्दै खाँदै गरेर नाचेकी थिईन् ।

उनको नाच हेर्नका लागि मानिसहरुको निकै भिड लागेको थियो भने अन्य युवाहरु पनि उनि संगै नाच्न निकै उत्सुक देखिन्थे । हाल सम्म उनले पानीको रिमझीम, तिमी मेरो होईनौं , सडक–सडक बोलको म्युजिक भिडियो र नेपाली चलचित्र सुव्वा सुव्वामा अभिनय गरेकी छिन् ।

अर्को चलचित्र पिञ्जडा ब्याग अगेनमा समेत छोटो भुमिकामा अभिनय गरेकी छन् । उनि सानै उमेर देखि अध्यानका अलवा विभिन्न कला क्षेत्रको विभिन्न विधामा उत्कृष्ट हुँदै आएको परिवारजन बताउँछन् । उनले आफु स्वतन्त्र नागरिक भएकोले कुनै राजनैतिक दलको पक्ष लिएर नाचेको नभई स्थानियको आग्रहमा मात्रै नाचेको बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *