पचुवाको पहिरोले काँडेवासको शिव मावि र स्थानीयका घरहरु उच्च जोखिममा !

लक्ष्मण चालिसे, गल्कोट २०७४ असार २२ । केहि समय अघि पौने ६ बजेको समयमा गल्कोट नगरपालिका ८ काँडेवासको पचुवामा आएको पहिरोले शिव माविको भवन लगायत स्थानीयका केहि घरहरु उच्च जोखिममा रहेका छन् । पहिरो बग्दै गरेकोले कुनैपनि समय ठुलो क्षति हुने संभावन रहेको प्रत्यक्षदर्शीले बताएका छन् । पहिरोले वामीटक्सार-काँडेवास-हटिया सडक अवरुद्ध बनाएको छ ।

निर्माणाधीन मोटरेबल पुल ।

साविक मल्म गाविसको गल्याङ देखी पचुवा जोड्ने दरमखोलाको मोटरेबल पुल निर्माण भैरहेकै ठाउँ देखी माथीबाट एक्कासी ठुलो पहिरो आएर शिव माध्यमिक विद्यालय, स्थानीय नरिश्वर चालिसे, नरहरि घिमिरे लगायतका घरहरु उच्च जोखिममा रहेको शिव माविका शिक्षक अर्जुनदत्त कँडेलले बताए ।

स्थानीयका अनुसार मोटरेबल पुल निर्माणका कारण पहिरो गएको हो । पुल निर्माण गर्दा जथाभावी खन्ने कार्यगरिएकोले पहिरो गएर ठुलो नोक्सानी भएको पीडितहरुले बताएका छन् ।

यो समाचार लेख्दा सम्म घटनास्थलमा उद्धारका लागि प्रहरी पुगि सकेको छैन । स्थानीयवासी वर्षा नरोकिएकोले त्रसित अवस्थामा रहेका छन् ।
थप विवरण आउन बाकी….

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *