पहिरोले मल्म-पाण्डवखानी बैकल्पिक सडक अवरुद्ध

थम्मन थापा सन्देश गल्कोट २०७४ असार २२ । गल्कोट नगरपालिकाको मल्म पाण्डवखानी सडकको वैकल्पिक सडक गल्कोट ७ ज्यामिरेखोला देखी म्याले जनहित मावि हुँदै कोला, भल्साङ जोडने सडक पहिरोका कारण अवरुद्ध भएको छ । हिजो साँझ देखि निरन्तर परेको वर्षाका कारण काउलेखोला, भल्साङ सडकको ठाउॅ ठाउॅमा पहिरो खसेको छ । ठूला रुख सहितको पहिरोले सडक अहिले पूर्ण रुपमा अवरुद्व भएको छ ।

वर्खायाम सुरु भए सॅगै सडकको विभिन्न भागमा खाल्डा खुल्डी परेका छन भने धेरैं ठाउॅमा चर्किएको छ । उक्त सडक गत वर्षको कत्तिकमा संसद विकास कोषको रकम र स्थानियले चन्दा संकलन गरि उक्त सडक निर्माण गरिएको थियो । सडक पहिरोले अवरुद्ध भएपछि यातायातका साधन गुडेका छैनन पैदल यात्रु र पशु चौपाया ओहोर दोहोर गर्न समेत जोखिम छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *