चालकको लापर्बाहीले जीप दुर्घटना, ७ वर्षिय बालकको मृत्यु

बागलुङ २०७४ असार २२ । वर्षात सँगै जिल्लाका ग्रामिण सडकहरुमा सवारी दुर्घटना बढन थालेको छ । विहिवार विहान काठेखोला गाउपालिका- ७ साविक रेस गाविसको जिरेदीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी रेश दशमुरेका ७ वर्षिय एक बालकको घटना स्थलमै मृत्यु भएको छ भने केहि यात्रुहरु घाईते भएको बताईएको छ ।

बागलुङ सदरमुकाम आउदै गरेको ध १ ज १८८ न को जीप चालकको लापर्बाहीले दुर्घटना हुन गएको यात्रु र स्थानीयले बताएका छन् । सडकको ढुंगा पन्छाउन जीपलाई स्टार्टमै राखेर चालक काँईलो (बालाउने नाम) ओर्लेको बेला जीप दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । दुर्घटनामा चालकका बाबुपनि घाईते भएका छन् । घाईतेहरुको स्थानीय धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *