अपडेट : रेशको जीप दुर्घटनामा दुई जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर !

बागलुङ २०७४ असार २२ । वर्षात सँगै जिल्लाका ग्रामिण सडकहरुमा सवारी दुर्घटना बढन थालेको छ । विहिवार विहान काठेखोला गाउपालिका- ७ साविक रेस गाविसको जिरेदीमा जीप दुर्घटना भएको छ । जीप पल्टिएर सडक देखी करीब २ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी काठेखोला- ७ दशमुरेका वर्ष ७ का दीपक कार्की र चालकका बाबु ७० वर्षिय लालबहादुर कार्कीको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जीपमा सवार अन्य यात्रुहरुमा गम्भीर घाईते हुनेहरुमा काठेखोला ७ रेश कै वर्ष ३५की पार्वती कार्की, वर्ष २५ का सुमन थापा, वर्ष ३७ का प्रेमबहादुर थापा र वर्ष ३६ का रोशन कार्की (चालक वेहोस)रहेका छन ।

अन्य घाईतेहरुमा ३५ वर्षिय मुक्तिराम थापा, वर्ष ४० की शारदा थापा र वर्ष १४ की संगीत कार्की रहेका छन् । घाईतेहरुको स्थानीय धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *