गल्कोट नपाका ११ वडाहरुमा योजना तर्जुमा गोष्ठी जारी

घनश्याम गौतम गल्कोट २०७४ असार २१ । गल्कोट नगरपालिकाका ११ वडाहरुमा टोल भेला गरि टोल तथा बस्ती स्तरमा योजना तथा सुझाब संकलन कार्यक्रम जारी रहेको छ । टोल तथा बस्ती स्तरमा दैनिक जिबीकोपार्जन संग जोडिएका समस्याको प्राथमिकीकरण गरी आर्थिक बर्ष २०७४। ०७५ को बजे तथा निति कार्यक्रममा समाबेस गर्न प्रथमिकिकरण गर्नको लागी बस्ती तथा टोलमा योजना छनोटको कार्यक्रम सञ्चालन भएको गल्कोट नगरपालिकाका वातावरण तथा बिपद ब्यबस्थापन समितिका संयोजक वीरजंग भण्डारीले बताए ।

यसै बिच गल्कोट नगरपालिका ५ को टोल भेला तथा माग संकलन कार्यक्रम समपन्न भएको छ ।

भेला आगामि २५ गते हुने बडा भेलाको लागि योजना छनोट अन्तर्गत खानेपानी ,बिद्यालय ,मोटरबाटो ,र बिधुतको पोल माग गर्ने निर्णय सहित बिकास निर्माण तथा योजना अनुगमन समिति टिकाराम कडँेलको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको छ । कार्यक्रम टिकाराम कडेलको अध्यक्षता सामजिक परिचालिका मेनुका थापा को सञ्चालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *