गुहिए खोलाको बाढीले बुर्तिवाङवासीको निद हराम, इलाका प्रहरी र स्वास्थ्य केन्द्र जोखिममा

बिमल खडका, बागलुङ २०७४ बागलुङ २०७४ असार २१ । वर्षात सँगै बुर्तिवाङवासीको चिन्ता बढेको छ । केहि दिन पहिले भुजीखोलामा आएको बाढीले बोवाङ र अधिकारीचौरमा खेतबाली बगाएपछी गत साउनको १० गतेको कहाली लाग्दो रातलाई संझिएर झसंग बनेका बुर्तिवाङवासीलाई हिँजो साँझ साविक बुर्तिवाङ गाविस- १ पोखर धाराबाट बग्ने ठाडो गुहिए खोलामा आएको बाढीले बजारवासीको निद हराम बनायो ।

स्थानीयहरु हातमा कुटो कोदालो लिएर गुहिए खोलाको भल पन्छाउन रातभर जाग्राम रहे । गुहिए खोलाले बाढी सँगैबगाएर ल्याएको गेग्रेटाले सडक पुरिएर आवत जावत गर्नसमेत समस्या परेको छ ।

गुहिए खोलाको बाढीले बुर्तिवाङ इलाका प्रहरी कार्यालय, बुर्तिवाङ स्वास्थ्य केन्द्र लगायतका सरकारी भवनहरु र बसपार्क देखी तलतिरको बजारलाई क्षेती पुराउन सक्ने सन्त्रास कायमै छ ।

गत वर्षपनि यसै गुहिए खोलाको बाढीले भगवतीको मन्दिर पुरेको थियो भने केहि वर्ष पहिले सोहि ठाउँ नजिकै आएको पहिरोले केहि घरहरुलाई क्षती पुराएको थियो । हेरौँ तस्वीर

बुर्तिवाङ बजारको भू-बनावटलाई हेर्दा कुनैपनि समय माथीबाट पहिरो खस्न सक्ने संभावना एकातिर रहेको छ भने अर्कोतिर बडीगाड खोलामा आउने बाढीले बजारको भविष्य नै खतरामा पारेको स्थानीयवासीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

आज बुधवार विहान बडीगाड खोला यसरी उर्लिएको थियो ।

यहि असार १८ गते भुजीखोला (बडीगाड खोलाको सिर) मा आएको बाढीले बोवाङ र अधिकारीचौरको खेती लगाएको सयौँ रोपनी जमीन बगाएपछी गत वर्ष साउन १० गते राति र ११ गते बडीगाड खोलामा आएको भीषण बाढीले पुयाएको क्षती संझेर झसंग बनेका बुर्तिवाङवासी आज विहान उर्लेको बडीगाड खोलालाई देखेर तर्सिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *