रिघाको मनेवामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड अवरुद्ध !

कमल पौडेल, बागलुङ खर्वाङ २०७४ असार २१ । अबिरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । केहि दिन देखीको वर्षाले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्डमा पर्ने गनपा रिघा मनेवाको भालुपाईलामा पहिरो खसेर विहान ८ बजे देखी सवारी आवत जावत बन्द छ भने लगातार वर्षा भैरहेकाले सडक खुलाउन नसकिएको प्रहरी चौकी खर्वाङले जनाएको छ ।

न्वारको लब्दी खोलामा आएको बाढीले सवारी साधनहरु अलपत्र परेका छन् । उता भीङगिठेमा अस्ति गएको पहिरो पन्छाएर सडक खुलेपनि बुर्तिवाङ देखी निसी हुँदै रुकुम जाने मध्यपहाडी लोकमार्ग पहिरोका कारण ठप्प छ । दर्जनौ सवारी साधनहरु र सयौ यात्रुहरु अलपत्र परेका छन् ।

सहकर्मी कुम्बिर विश्वकर्माले बुर्तिवाङबाट दिएको जानकारी अनुसार अहिले पनि त्यस क्षेत्रमा भीषण वर्षा परिरहेकोले सवारी सन्चालनमा आएका छैनन् भने स्थानीयको जनजीवन कष्टकर बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *