अन्चल शाहीको गजल : परदेश !

ऋण लागेर स्वदेशमा, बासै छैन आमा
परदेश बाट फर्की आउने, आसै छैन आमा !

रातभरी गन्थन गरि, सङ्गै सुत्या साथी
बिउझिदा त बिस्तारामा, सासै छैन आमा !

दस औला बिन्ती गरि, डुले पनि सारा नियोग
ढलेको लास फर्काइदिने, चासै छैन आमा !

बिरामी भै कम्पनिमा, काम नगरी बसेभने
हात मुख जोडेपनी, गासै छैन आमा !

खबर के छ ? भनी सोध्छन, गाउका साथीहरु
सन्चै छु भन्छु तर, खासै छैन आमा !

छिरे पछि परदेशमा, पैसा टन्नै हुन्छ भन्छन
तर सबको अभिलाषा, एक नासै छैन आमा !!

अन्चल शाही
निसिखोला गाउँपालिका-३
ढुवाखोर बागलुङ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *