पत्रकार महासंघको स्थापना दिवस मनाइने

बागलुङ २०७४ असार २१ । नेपाल पत्रकार महासंघ बागलुङको मंगलबार बसेको बैठकले असार २४ गते सूचनाको हक सम्बन्धी अन्तरक्रिया र २५ गते प्रभातफेरी सहित मूल समारोह गरेर स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

बैठकले जिल्ला कृषि विकास कार्यालय बागलुङले वर्षेनी प्रदान गर्ने कृषि पत्रकारिता पुरस्कार छनोटको लागि अध्यक्ष दिल शिरीषको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको छ । समितिको सदस्यमा जिल्ला कृषि विकास कार्यालय बागलुङका सूचना अधिकृत बिप्लवप्रसाद अधिकारी र अगुवा कृषक गंगाबहादुर थापा सदस्य रहेका छन् ।

बैठकले महासंघको भवन निर्माण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको शाखा अध्यक्ष शिरीषले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *