मुसिकोटको पहिलो वैठक : नगरपालिका भित्रका सडकहरुको स्तरोन्नती गर्ने !

कमल पौडेल, गुल्मी (वामी) २०७४ असार २० । मुसिकोट नगरपालिकाको पहिलो वैठकले नवैं वडाको सडकलाई वर्षाको समयमा पनि चल्ने गरि स्तरोन्नतीको लागी लगानी गर्ने निर्णय गरेको छ । तत्कालै एउटा जेसिवि हायर गरि सडक अवरुद्ध हुन नदिन हरसम्भव प्रयास गर्ने, चिप्लो वाटोमा गिट्टी विछ्याउने तथा सडक कर्मचारी नियुक्ति गर्ने निर्णय गरेको छ।

त्यस्तै वैठकले वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय राजश्व परामर्श समितिको गठन गरेको छ, जसमा वडा नं. ६ का वडा अध्यक्ष खड्क वहादुर खड्का, वडा न. १ का सदस्य दल वहादुर थापा, नगरपालिका कार्यालयका सुर्य सोमै र नवराज शर्मा रहेका छन् । बैठकले सम्पूर्ण जनप्रतिनिधिले १५ दिन भित्र सम्पत्ति विवरण वुझाउने, निर्णय पनि गरेको छ ।
वैठक मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाको अध्यक्षता तथा नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै आजै मुसिकोट नगरपालिकाको वडा नं. १, २ तथा अन्य वडामा समेत पदास्थापन कार्यक्रम सम्पन्न भएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *