मध्यपहाडी लोकमार्गको निसी खण्डमा पहिरोले गर्दा लुकुम सम्मका यात्रुलाई सास्ती !

कुम्बिर बिश्वकर्मा,बुर्तिबाङ,२०७४ असार २० । बागलुङको पश्चिमी क्षेत्र बुर्तिबाङ देखि रुकुमको लुकुम सम्म अर्थात मध्यपहाडी लोकमार्गको विभिन्न स्थान तथा सडकखण्डहरुमा पहिरो खसे पछि यातायातका साधनहरु ठप्प भएका छन् । निसी, भल्कोट,हुँदै रुकुम सम्मका यात्रु अलपत्र परेका छन् ।


त्यस्तै देबिस्थानखोला बढे पछि बुर्तिबाङ देखि निसी जान पनि रोकिएको छ । विभिन्न ठाउँमा पहिरो गएर हिलो र चिप्लो भएर गाडीलाई मात्र होइन मानिस र घोडा खच्चरलाई समेत असहज भएको छ। निसी देखि बुर्तिबाङ जाँदै गरेका एकजना बृद्ध यात्रु अमरसिह बिश्वकर्मालाई सोध्दा उनले भने, ‘पहिले गाडी निरन्तर आबातजावात गर्दा हामी बिहान बुर्तिबाङ गएर बेलुकी समान लिएर घर फर्किन्थ्यौ तर अहिले बिहान हिडे पछि बेलुका सम्म बुर्तिबाङ पुग्छौ ।’ अमरसिह जस्ता हजारौं यात्रुहरु वर्षा र पहिरोको त्रास सङ्गै बुर्तिबाङ निसी भल्कोट आवात जावत गर्छन ।

बर्खा लागे सङ्गै कतै भल पहिरो गएर जोखिममा परेका छन भने कतै बाढीले,कतै खोलाको कटानले त्यस्तै निसिखोला वारपार का मानिसहरु पनि डर र त्रास बुर्तिबाङ निसी भल्कोट यात्रा गर्दा सास्ती खेपिरहेका छन।

त्यस्तै बर्षातका कारण निसीखोला गाँउपालिकाको वडा नँ ६ को टोड्के भन्ने स्थानमा घर मुनी र माथिदेखि पहिरो जाँदा स्थानीय स्याम बहादुर बिश्वकर्मा सहित स्थानीय करीब आधा दर्जन बस्ति जोखिममा परेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *