नारायणस्थान नेपानेका चन्द्रबहादुर गौतम तीन देखी सम्पर्क विहीन

बागलुङ २०७४ असार २० । बागलुङ जिल्लाको बानपा- १४ साविक नारायणस्थान गाविस नेपानेका करीव ६० वर्षिय चन्द्रबहादुर गौतम तीन दिन देखी बेपत्ता छन् ।

परिवारिक श्रोतका अनुसार गौतम यहि असार १८ गते विहान ५ बजेको समयमा घरबाट निस्केका हुन् र अहिले सम्म संपर्कमा आएका छैनन् । रोजगारीका लागि दुबई गएका गौतम डेढ हप्ता पहिलेमात्र घरमा आएका थिए ।

गौतमले जेठी श्रीमती वितेपछी अर्की श्रीमती ल्याएका र दुबै श्रीमतीहरुबाट ६ सन्तान रहेका छन् । जेठी श्रीमती तर्फका सन्तान ठुला भै सकेका र कान्छी पट्टीका सन्तान सानै रहेको स्थानीयले बताए । गौतमले केहि समय देखी डिप्रेसनको औषधि सेवन गर्नेे गरेको श्रोतले बतायो ।

बेपत्ता गौतमको खोजीमा जुटिरहेका परिवारजनले खोजी कार्यमा सहयोग गर्न सबैसंग अनुरोध गर्दै फेला पारेमा नजिकको प्रहरी कार्यालय वा उनकी बुहारी ज्वाला गौतमको मोवाईल ९८४६४८४७८१ मा खबर गर्न अपील गरेका छन् ।

अढाई वर्ष यता साविक नारायणस्थान गाविसबाट मानिस हराएको यो तेश्रो घटना हो । नारायणस्थानको पानीटंकी नजिक रहेको गणेश माविका तत्कालीन प्रअ मिलन जीसी र त्यस्को अर्को वर्ष नारायणस्थान कोल्पाटाको आधारभूत निमाविका शिक्षक पुष्पराज पौडल यसरी नै घरबाट बेपत्ता भएका थिए ।

जीसीको शव घटनाको भोलिपल्ट तालकुनामा र पौडेलको शव केहि दिन पछी कालीगण्डकी किनारमा फेला परेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *