नेपालगन्जको मेयरमा राप्रपाका महामन्त्री धवलशम्सेर राणा निर्वाचित

बागलुङ २०७४ असार २० । राप्रपाका महामन्त्री धवलशम्सेर राणा, नेपालगन्ज उप महानगरपालिकाको मेयर पदमा अत्याधिक मतले विजयी भएका छन् । उनले निकटतम प्रतिव्दन्दी नेपाली काँग्रेसका डा सुरेश कुमार कनोडियालाई ३,७८५ मतको अन्तरले पराजीत गरेका हुन् ।

राणाले १२,५१५ मत प्राप्त गरेका थिए भने कनोडियाले ८, ७३० मत ल्याएका थिए ।

उपमेयर पदमा भने राप्रपाकी उमेदवार रमारानी वैश्य पराजीत भएकी छन् । उनी नेपाली काँग्रेसकी उमा थापामगरसंग १,८२७ मतले पराजीत भएकी हुन् । वैश्यले ८,९२४ मत प्राप्त गरेकी थिईन् ।

मेयरमा नवनिर्वाचित राणा २०५४ सालमा नेकपा एमालेबाट नेपालगन्जको नगरप्रमुख निर्वाचित भएका थिए ।

२०६७ साल मंसीर ९ गते बागलुङ सदरमुकाममा आयोजित राप्रपा नेपालको विशाल आमसभामा अध्यक्ष कमल थापाले राणालाई पार्टीको उपाध्यक्ष पदमा मनोनित गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *