बुर्तिबाङ बजारमा पहिलो पटक ईलाका प्रहरी कार्यालय अगाडीको २२ मिटर सडक पीच !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असार १९ । बुर्तिबाङ बजारको बसपार्क—न्यूरोड सडकखण्ड अन्तरगत २२ मिटर लामो सडक पीच गरिएको छ । बसपार्कदेखि न्यूरोड जाने भागमा पर्ने घुमाउरो र उकालो सडकमा गाडीहरु चिप्लने र फस्ने समस्या देखिएको भन्दै उक्त स्थानमा पिच गरिएको बताइएको छ ।

बुर्तिवाङ इलाका प्रहरी कार्यालय सामुन्नेको ठाडो, चिप्लो र घुमाउरो सडक अहिले पीच गरिएको हो । वर्षायाममा यो सडक जोखिम पूर्ण र बढी दुर्घटना हुने संभावना युक्त सडक भएकोले सवारीका साधनहरु सहज रुपमा न्यूरोडदेखि बसपार्क पुग्न नसक्ने अवस्था सहज बनाउन पीच गरिएको बताईएको छ । अब सवारी साधनहरु सहज रुपमा आवत जावत गर्न सक्ने विश्वास गरिएको छ ।

सडक डिभिजन कार्यालय बागलुङ अन्तरगतको रु १० लाख रकम मध्ये रु ३ लाखको लागतमा २२ मिटर लम्बाइ र ५ मिटर चौडाइ भएको बाटो पिच गरिएको ठेकेदार कम्पनी रोयल धौलागिरी विल्डर्स प्रा.लि. का सञ्चालक थमप्रकाश पुनमगरले बताए ।

सडक डिभिजन कार्यालय, बागलुङबाट नै टुक्रे योजना परेको कारण, उक्त योजना अन्तरगत कुल १० लाख रकममध्ये ढोरपाटन नगरपालिका वडा नं ६ को कुदुम—मातेगाउँ सडक खण्डमा ३ लाख ५० हजारको लागतमा सडक खनिएको उहाँले बताउनुभयो । त्यस्तै, नगरपालिकाकै वडा नं ५ को प्याङ्खोला—मस्ती—चौर सडकखण्डमा पनि रु ३ लाख ५० हजारकै लागतमा सडक अहिले पनि बुर्तिबाङ नगरभित्रका सडकहरु साँघुरो र हिलाम्य छन् । जसले गर्दा सवारीका साधनहरुलाई आवज जावत गर्दा समस्या आउने गरेको छ । पानी पर्दा हिलो हुने र हिउँदको समयमा धुलो उड्ने समस्याले गर्दा नगरबासीहरु समस्यामा छन् ।

साना शहरी विकास आयोजनालाई विनियोजन हुने रकमबाट सडक तथा ढल निकासको काम राम्रोसँग हुन नसक्दा नमुना शहर भनाइमा मात्र सिमित भएको छ । तर स्थानीय तहको निर्वाचनपछि जनप्रतिनीधिहरु निर्वाचित भैसकेकोले शहर व्यवस्थापनको कार्य तिव्र गतिमा हुने नगरबासीहरुले अपेक्षा गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *