अनियमित विद्युत आपुर्तिको कारण उद्योग व्यवसायी मर्कामा

विजय राना,बागलुङ २०७४ असार १९ । ‘जब समाचार लेख्न बस्यो विद्युत जान्छ, कतिखेर आउँछ भन्ने पनि थाहाहुँदैन विद्युत अनियमितताकै कारण थुप्रै समाचार किल्ड भए’–यो भनाई हो पत्रकार गणेश पौडेलको । छिनमै जाने र छिनमै आउने विद्युतका कारण पत्रकार पौडेल हैरानीमा पर्नु भएको छ । त्यति मात्रै होइन अनियमित विद्युत आपुर्तिको कारण समयमै सूचना पाउने नागरिकको हक समेत बन्चित भएको छ ।

अनियमित विद्युत आपुर्तिकै कारण आफ्नो व्यवसायमा समेत समस्या आएको सगरमाथा इन्क हाउसका प्रोपाइटर राजेन्द्र श्रेष्ठको दुःखेसो छ । विद्युत झ्याप्प आउने र जाने गर्दा कम्प्युटर बिग्रने गरेको उनको भनाई छ । कम्प्युटर बनाउन आउने थुप्रै ग्राहकहरुको एउटै गुनासो अनियमित विद्युत आपुर्ति प्रति नै हुन्छ । अनियमित विद्युत प्रवाहकै कारण कम्प्युटर बिग्रेर बनाउन आउनेहरु हुन्छन सगरमाथा इन्क हाउसमा ।

हावाहुरी चल्दा र पानी पर्दा समेत विद्युत जाने समस्या छ बागलुङमा । अनियमित विद्युत आपुर्तिहुँदा जिल्लामा सञ्चालित उद्योग तथा व्यवसायहरु प्रतक्ष÷अप्रतक्ष रुपमा प्रभावित हुने गरेका छन् ।

अनियमित विद्युत आपुर्तिका कारण दुःध डेरी, टायर रिसोलिङ सेन्टर लगायतका मेसिनरी चिजहरु अँझ बढिनै प्रभावित हुने गरेको छ । जहाँ विद्युतको अभावका काम नै बन्द हुन्छ ।

जिल्लामा २४ हजार ७ सय ९९ ग्राहक सँख्या रहेकोमा ३ सय ३२ औधोगिक ग्राहक रहेका छन् । अनियमित विद्युत आपुर्ति हुँदा ति उद्योगहरु प्रभावित हुने गरेका छन् । अनियमित विद्युत आपुर्तिका कारण उद्योगमा प्रयोग हुने लाखौँ रुपैयाँ पर्ने मेसिनहरु बिग्रने गरेको व्यवसायीको गुनासो छ । लोडसेडिङ हुँदाको समयमा भन्दा विद्युत आपुर्ति राम्रो भए पनि आउनेजाने समस्याका कारण व्यवसायलाई नराम्रो सँग प्रभावित पारेको छ ।

नेपाल उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारीले विद्युत आपुर्तिमा भएको समस्या रोकथामको लागि पहल गरिरहेको बताए । लामो समय लोडसेडिङ हुँदाको जस्तो समस्या नभए पनि छिनछिनमा आउने÷जाने गर्दा व्यवसायीहरु हैरानी परेको बताउँदै भारीले विद्युत आपुर्तिमा भएको यस्तो समस्या तत्काल अन्त्य गर्नु पर्ने बताए ।

नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख रोहिणि पौडेलले पहिलेको तुलनामा धेरै सुधार भएको दाबी गर्दै पहाडी इलाकामा पहिरो जाँदा, रुख भाँचिदा विद्युत सट हुने बताए । छिनछिनमा विद्युत बन्द गर्ने र प्रसारण गर्ने आफ्नो रहर नभएको पौडेलको भनाई छ । विद्युत प्राधिकरण बागलुङका प्रमुख पौडेलले नियमित आपुर्तिको लागि पूराना पोलहरु हटाउने, तार वरिपरिका रुखहरु काट्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पनि जानकारी दिए ।

देश भरकै पहाडी ठाऊँहरुमा यो समस्या रहेको छ, प्रसारण लाइनमै प्रत्यक्ष ट्रान्समिटर जडान गरिएकाले धौलागिरीका कुनै एक जिल्लामा समस्या हुँदा चारै जिल्लामा विद्युत अबरुद्ध हुने पौडेलको भनाइ छ ।

जति धेरै विद्युत खपत गर्न सक्यो त्यति नै धेरै फाइदा विद्युत प्राधिकरणलाई नै हुने बताउँदै रोहिणिले नियमित आपुर्ति गर्न सके आफुहरुले अँझै बढि राजश्व संकलन गर्ने सकिने बताउनु भयो । बागलुङ शाखाले महिनामा करीब करीब ९४ ला राजश्व संकलन गर्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *