गुल्मीमा कांग्रेस-माओेवादी गठबन्धन : दुईमा असफल, तिनमा सफल !

प्रेम सुनार, गुल्मी, २०७४ असार १९ । गुल्मीमा स्थानिय निर्वाचनमा कांग्रेस माआृेवादी केन्द्र विच भएको पाँच स्थान मध्ये दुई स्थानमा असफल भएको छ भने तिन स्थानमा सफल भएको छ । रुरु र छञकोटमा एमालेले गठबन्धनलाई असफल बनाउन सफल भएको छ भने एमालेको किल्ला मानिने धुर्कोट, सत्वतीमा गठबन्धनले एमालेलाई असफल बनाएको छ भने कालिगण्डकीमा अग्रता लिई रहेको छ । गठबन्धनबाट सत्वतीमा एक जना कांग्रेस र धुर्कोटमा माओवादी केन्द्रका नेताले प्रमुख पद जितेका छन् ।

सत्यवती गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनका प्रमुख उमेदवार कांग्रेस नेता पारिश्वर ढकाल विजयी भएका छन् भने धुर्कोटमा माओवादी केन्द्रका नेता भुपाल पोखरेल गाउँ प्रमुखमा विजयी भएका छन् ।

ढकाल ५१९७ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्धी एमालेका अमर सिह सिजापतिले ५१३३ ल्याएका थिए । उपप्रमुखमा भने झिनो मतले एमाले उमेदवार शुवर्ण शाहि ५४४९ मत ल्याएर विजयी भएकी छिन् । गठवन्धनकी उपप्रमुख उमेदवार माओवादी केन्द्रकी टोपकला थापाले ४९५५ मत ल्याएकी थिईन् ।

त्यस्तै धुर्कोट गाउँपालिकामा एमालेको किल्ला कांग्रेस माओवाद गठबन्धनले तोड्दै विजयी हाँसिल गरेका छन् ।

गठबन्धनले एमाले उमेदवार कृष्ण घिमिरेलाई ३६५ मतको अन्तरले पछाडी पार्दै माओवादी केन्द्रका नेता भुपाल पोखरेल विजयी भएका हुन् । पोखरेलले ५११६ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्धन्द्धी एमालेका घिमिरेले ४७५३ मत ल्याएर पराजित भएका हुन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेस नेता शिव केसीले ७० मतको अन्तरले विजयी हाँसिल गरेका छन् ।

छत्रकोट गाउँपालिकाको कांग्रेस माओवादी केन्द्रकाृे गठबन्धन भने पराजित भएको छ । छत्रकोटमा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त प्रमुख पदमा विजयी भएका छन् । उनले ५ हजार ५ सय ५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्धन्द्धी कांग्रेस माओवादी गठबन्धनका अनन्तराम पौडेलले ५ हजार १ सय १४ मत पाप्त गरेका थिए ।

उपाध्यक्षमा पनि एमालेकी नर्मदा भण्डारी ५ हजार ४ सय ७६ मतसहित विजयी भएकी छिन् । माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद पाण्डले ४ हजार ७ सय २६ मत प्राप्त गरेका थिए । रुरुमा गठबन्धनका यदु ज्ञवालीलाई पराजित गरी एमालेका निलकण्ठ गौतम विजयी भएका छन् । तर गठबन्धनले प्रपोकण्डकै भरमा जितेको आरोप लगाएको छ । पुराना व्यििक्त गौतमले हार्ने देखे पछि एउटी युवतीलाई हतियार बनाएर चुनावको मुखमा आई आफुलाई ६ वर्ष पहिले यदु ज्ञवालीले आफुलाई सेक्स प्रस्ताव राखेको भन्ने अडियो काटकुट गरेर फेशबुकमा भाईरल बनाई एमालेले प्रपोकाण्ड मच्चाएको गठबन्धनको आरोप छ ।

उता एमाले जनले पनि वम्घामा एमालेले गाई काटेर दलितहरुलाई भोज खुवाएको भन्दै गठबन्धनले प्रपोकाण्ड मच्चाएको आरोप लगाएका थिए । जिल्लामा १२ स्थानिय तह निर्वाचन अवधीर सवै भन्दा तुच्छ प्रोपोकाण्ड त्यसै रुरु गाउँपालिकामा मात्र देखिएको छ । जवकी एक दोषिले गाई काट्छ् तर सिङ्गो पार्टी पंक्तिलाई जोडिन्छ । उता २७ वर्षिय अविवाहित ज्ञवालीले प्रस्ताव राखेकै भए कति ठुलो कुरा थियो र ? त्यो पनि ६ वर्ष अघिको कुरा चुनावको मुखमा आएर भाईरल । यसरी ‘गाई र हेलो हाई काण्ड ’ ले गठबन्धनलाई घाटा र एमालेलाई फाईदा भएको स्वतन्त्र व्यक्तिहरुको विष्लेशण छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *