भुजीखोलाको बाढीले अधिकारीचौर र बोबाङमा ठुलो क्षती : पहिरोको कारण सडक अवरुद्ध

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असार १९ । गत वर्षको साउन १० गते भुजी खोलामा आएको बाढीले अपुरणीय क्षती पुराएको पीडा बिर्सी नसकेका स्थानीयवासीलाई हिँजो शनिवार परेका अविरल बर्षासँगैको बाढी र पहिरोले साविक बोबाङ र अधिकारीचौरका विभिन्न स्थानहरुमा क्षती पु¥याएको छ । भुजीखोलामा आएको बाढीले पुल, जलविद्युतको कुलोको मुहान, खोला किनारका खेत बगाएको छ भने पहिरोले सडक अवरुद्ध बनेको छ ।

बाढीले साविक बोबाङ वडा नं. १, उपल्लो दोगादीमा रहेको २४ किलोवाट भूजिखोला तेस्रो लघुजलविद्युत परियोजनाको कुलाको मुहान समेत बगाएको छ । विद्युतको कुलो नै बगाएपछि त्यस स्थानका गाडिलुङ, नुले, ढाँरबोट र उपल्लो दोगाडीका करिब १७५ घरधुरी अँध्यारोमा बस्नुपरेको बालविकास प्रावि. उपल्लो दोगादीका शिक्षक अमर बुढामगरले बताए । जलविद्यत बन्द हँुदा अहिले त्यहाँका स्थानीयहरु टिभी, रेडियो तथा मोबाइल जस्ता सञ्चारको माध्ययमबाट बञ्चित बनेको छन् ।

िव.सं. २०६४ सालमा धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) को सहयोग र स्थानीय जनश्रमदानबाट निर्माण गरिएको विद्युतको मुहान गतबर्षको बाढीले समते क्षती पु¥याएको थियो । क्षती भएको कुलोको मुहान करिब ३ लाखको लागतमा केही समय अघिमात्र पुर्ननिर्माण गरेका थिए । गत बर्षको भन्दा पनि वढी क्षती पुगेको कारण छिट्टै नै विजुली बल्ने संकेत नभएको शिक्षक अमर बुढामगरको भनाई छ ।

त्यस्तै बाढीले ढोरपाटन नगरपालिका वडा नं. ७ साविक बोबाङ—१, को ढाँरबोटमा रहेको झोलुङ्गे पुल बगाएको छ । झोलुङगे पुल बगाउँदा उपल्लो दोगाडी र ढाँरबोटका गरी करिब ५० घरधुरी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । उक्त पुललाई गत बर्षको बाढीले पनि आंिशक क्षती पु¥याएको थियो । स्थानीयहरुले जनश्रमदानबाट सामान्य मर्मत गरी उक्त पुललाई कोल्टिएकै अवस्थामा भएपनि प्रयोग गरिरहेका थिए ।

त्यसैगरी बाढीको कारण साल्झण्डी—ढोरपाटन लोकमार्ग अन्तरगत यसैपाली स्तरोन्नती गरिएको बुर्तिबाङ—बोबाङ सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । उक्त सडकखण्डमा अहिले पनि बाटो विस्तार गर्ने र ग्याविन राख्ने काम भैरहेको छ । ठाउँ ठाउँमा पहिरो खस्ने र तलबाट भत्किने क्रमले गर्दा पैदलयात्रुहरु समेत जोखिमपूर्ण तरिकाले यात्रा गर्नुपरेको साल्झण्डी—ढोरपाटन लोकमार्गका साइट इन्चार्ज विजय भण्डारीले बताए ।

उता बाढीले ढोरपाटन नगरपालिका—५, सहिखोलामा रहेको शिवालय माविको भवन पनि उच्च जोखिममा रहेको छ । गत बर्षको बाढीले विद्यालयको छात्र शौचालय पूर्ण रुपमा र छात्रा शौचालय आंशिक रुपमा क्षती गरेको थियो । बाढीले यो बर्षपनि क्षती गर्ने सम्भावना बढेपछि विद्यालयले भवनको पछाडि भएर बग्ने खोलाको किनारामा ग्याविन बाँध्नुका साथै डोजर लगाएर तटबन्ध समेत गरेको थियो । तर कम बजेटको कारण सबै तटबन्ध गर्न नसकेको कारण विद्यालयको भवन अत्यनतै जोखिममा रहेको विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र छन्त्यालले बताउनुभयो । उता बाढीको कारण ढाँरबोटका ७ घरधुरी उच्च जोखिममा रहेका स्थानीयहरुले बताएका छन् । भने बाढीले खोला किनारमा रहेका खेतीयोग्य जमिन समेत बगाएको छ । गत बर्षको बाढीले कटान गरेको खेतमा तटबन्धको व्यवस्था नहँुदा यो बर्ष थप क्षती हुन सक्ने स्थानीयहरु बताउँछन् ।

त्यसैगरी गत बर्षको बाढीले बगाएका पुलहरुको विकल्पको रुपमा बनाइएका काठे पुलसमेत बगाएका छन् । जसले गर्दा स्थानीयहरु नदी वारपार गर्न लामो दुरीको यात्रा तय गरी गत बर्षको बाढीले आंशिक क्षती पु¥याएका अन्य पुलहरुको प्रयोग गर्न बाध्य बनेका छन् । अहिले गत बर्षको बाढीले बगाएका सहिखोलाघाट पुल र दोगादी घाटका पुलहरु यहि असार मसान्तभित्र सक्ने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

भूजिखोलामा आएको गत बर्षको बाढीले क्षती गर्दा साविक अधिकारीचौरको खानीखोलामा आएको बाढीले क्षती गरेको थियो । तर गत राती आएको बाढी भने साविक बोबाङ खोलामा आएको हो । सडक विस्तारको क्रममा डोजरले फालेको माटो र ढुंगाले खोला साँघुरिएको र पानीले कमजोर माटो कटान गरेपछि बाढी आएको बताइएको छ । सडक विस्तारको क्रममा जमिन कमजोर बनेको कारण यो बर्ष पनि साविक अधिकारीचौर र बोबाङ बाढी र पहिरोको उच्च जोखिम रहेको स्थानीयहरु बताउँछन् ।

तस्बिर- शिवालय माविका शिक्षक दिनेश गौतम ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *