गनपाको बजेट तथा योजना तर्जुमा सम्बन्धि परामर्श तथा छलफल कार्यक्रम

थम्मन थापा सन्देश, गल्कोट २०४ असार १८ ।आर्थिक वर्ष २०७४/०७५ को लागि ल्कोट नगरपालिकाको बजेट तथा योजना तर्जुमा सम्बन्धि सरोकारवालाहरु सॅग परामर्श तथा छलफल कार्यक्रम आज हटियामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाले जनताले अनुभुति गर्ने गरि विकास निर्माण र सेवा सुविधा प्रदान गर्नु पर्ने बताएका छन । नगरको सम्वृद्विको निम्ति गुरु योजना निर्माण गरि विज्ञ सॅगको छलफल मार्फत जनताका सुझावहरु सहि किसिमले ग्रहण गरि अगाडि बढनु पर्नेमा जोड दिएका छन । परामर्श तथा छलफल कार्यक्रममा गलकोट नगरको सडक, कृषि, शिक्षा, सञ्चार, स्वास्थ्य, पर्यटन, खानेपानी, विद्युत, युवा स्वरोजगार, महिला हिंसा न्यूनिकरण, सिचाई, नगर भित्र फोहोर व्यवस्थापन, नगरपालिका कार्यालयको लागि घडेरी व्यवस्थापन लगायतका विषयमा छलफल समेत गरिएको थियो ।

कार्यक्रममा पूर्व सभाषद पूर्ण बहादुर राना, नेपाली काग्रेस गलकोट नगर कमिटिका सभापति नारायण ध्वज मल्ल, नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, गलकोट नगरपालिकाका मेयर पदका प्रत्यासी फमलाल निउरे, टंक बहादुर केसी, बम बहादुर गुरुङ र गलकोट बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मकुन्द भण्डारीले मन्तव्य राखेका थिए।

सो अवसरमा सरोकारवालाहरुबाट गलकोट नगरपालिकालाई कसरी सम्वृद्ध बनाउने भन्ने विषयमा सुझाव संकलन गरिएको थियो ।
छलफल तथा अन्तरक्रियामा गलकोट नगर भित्रका विजयी जनप्रतिनिधि, राजनैतिक दल, समाजसेवी, महिला नेतृ, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

गलकोट बहुमुखी क्याम्पस हटियाको स्मृति कक्षमा आयोजना गरिएको कार्यक्रम गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको अध्यक्षता र कार्यकारी अधिकृत प्रदिप चन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *