कृषि तथा पशुपालन विकास समिति हरिचौरको बैठक सम्पन्न

घनश्याम गौतम, गल्कोट असार १७ । साबिकको गा.वि.स स्तरिय कृषि तथा पशुपालन विकास समिति हरिचौरको बैठक आज हरिचौरमा सम्पन्न भएको छ ।

बैठकले आर्थिक वर्ष २०७३/७४मा गाउ परिषद्बाट छुट्टिकएको ७ लाख १९ हजार रुपैया विभिन्न शिर्षकमा खर्च गरिएको निष्कर्ष निकालेको छ । जसमा हरिचौर कौलेनी हुदै टेउवा जोड्ने कृषि सडकमा ५ लाख बराबरा कार्य सम्पन्न गरेको छ ।

त्यस्तै कृषि तर्फ सशक्तिकरण र कृषि पर्दशनीमा १ लाख १९ हजार र बिउ विजन वितरण गर्नको लागि १ लाख खर्च गरिएको बताइएको छ ।

बैठक समितिका अध्यक्ष गणेश बहाद्ुर खत्रीको अध्यक्षता र सदस्य देवी खत्रीको संञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *