अन्तराष्ट्रिय सहकारी दिवसका दिन चूपचाप बसे गल्कोटका सहकारी !

घनश्याम गौतम, गल्कोट २०७४ असार १७ । आज ९५औं अन्तर्राष्ट्रिय सहकारी दिवस, सहकारी संस्थाहरुले विभिन्न कार्यक्रम गरि मनाउने भनिएपनि गल्कोटमा कुनैपनि कार्यक्रमहरु आयोजना नगरिएकाले यसको धेरैले पत्तो पाएनन् । अन्तराष्ट्रिय सहकारी दिवसका दिन चूपचाप बसे गल्कोटमा सहकारी संस्थाहरु !

गल्कोटमा बचत तथा ऋण, बहुद्देश्यीय कृषि तथा पशुपालन, महिला सञ्चार लगाएत करिब ३ दर्जन बढि सहकारीले सेबा दिईरहेका छन् । तर कुनैपनि सहकारीले अन्तर्राष्ट्रिय सहकारी दिवस सम्वन्धी केहि कार्यक्रम गरेनन् ।

गल्कोट बचत तथा ऋण सहकारी सस्था लिमिटेडले दिबसको अबसरमा अन्तरक्रिया गर्ने जनाएपनि सहकारीकर्मीको ब्यस्तताले गर्दा औपचारिक कार्यक्रम नभएको जनाएको छ ।

गल्कोटमा सहकारी दिबसको अबसरमा कुनै पनि कार्यक्रमको आयोजना नभएको जिल्ला बचत तथा क्रण सहकारी संघका उपाध्यक्ष गणेश बहादुर खत्रीले बताए । उनले एक ब्यक्ति एक सहकारीको नियम भएपनि लागु हुन नसकेको बताउदै सहकारीकर्मी हरेक कुरमा जवाफदेही हुन नसक्नुले सहकारीको नियम मिचिदै गएको स्पष्ट पारे ।

एकै ब्यक्तीले धेरै सहकारिमा सदस्यता लिने, समय दिन नसक्ने, सहकारीको सञ्चालक समितिमा सहभागी बन्ने तर पारदर्शीता नहुनुले सहकारीमा बिश्बास घट्दै गएको सहकारीकर्मीको गुनासो छ ।

नेपालमा २०३० दिगो विकाश लक्ष्य हासिल गर्न यस बर्षको अन्तराष्ट्रिय सहकारी दिवशमा तीनवटा विषयलाई केन्द्रबिन्दु बनाईएको छ । आगामी १५ वर्षमा चरम गरीवीको अन्त्य, असमानता विरुद्धको लडाई तथा जलवायु परीवतर्नको प्रतिकुल प्रभावबाट मुक्त हुने कुरामा जोड दिईएको छ ।

अन्तराष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि यो दिवस मनाउन शुरु गरेको हो । समाजको आर्थिक सामाजिक विकास र रुपान्तरणमा सहकारीको भूमिकालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले पनि सन् १९९२ को महासभामा प्रस्ताव पास गरी अन्तराष्ट्रिय सहकारी दिव मनाउने निर्णय अनुसार दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि दुई दशकमा सहकारी या लघुवित्त अनि बिनाधितो कर्जा प्रवाह लगायत किस्तामा क्रृण लिने, समुदायस्तरमा समुह गठन गर्ने व्यवसाय गर्ने चलहरु बढ्दो छ । ससाना व्यवसायी देखि ठूला उधोगपतिसम्म वचत अनि लगानीको जोखिम न्यून पार्न निश्चित रकम जम्मा गर्ने, थोरै किस्ता नियमित तिरेर ठूला रकम सापट लिने कुराहरुमा संलग्न छन् । सहकारी भन्नाले आर्थिक रुपमा सीमान्तकृत, थोरै आय भएका र अन्य वित्तिय सेवामा पहुँच नभएका व्यक्ति सामुदायिक समुहलाई प्रदान गरिने वित्तिय सहायतालाई बुझाँउने गर्दछ । सहारीको उदेश्य वचत, सापट र जोखिम न्यूनिकरणका लागि बिमा हो ।

नेपालमा सहकारीकोे शुरुवात पूर्वी नेपालको ग्रामीण बिकास बैकले गरेृको हो बैंकले सन् ९० को दशकको मध्यवाटै पूर्वी नेपालमा सहकारी सुविधा प्रदान गरेको हो । सहकारीको सहज कर्जा मार्फत महिलाहरुले सापट पाउने हुँदा महिला उत्थान सशक्तिकरणकालागि पनि सहकारी बिश्बासको सस्था सावित भएको छ ।

नेपालका शुरुवाती सहकारी सेवाका दिनमा धेरै वटा सहकारी सञ्चालकहरु सहकारी सेवाका रुपमा जनसाधरणलाई ठगी गर्दे हिँडेका ,बचतको दुरुपयोग गरेको सम्म पाइएको हो । अहिले आएर कानुनतः सहकारीलाई बलियो र सहकारी खोल्न राख्नपर्ने धरौटी रकम को कडा पालनासँगै नेपाली सहकारीहरु सुदृढ र पारदर्शी बन्दै गएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *