रेसुङ्गा र मुसिकोटमा काँग्रेसको पत्तासाफ, एमाललेलाई फलिफाप….

प्रेम सुनार, गुल्मी, २०७४ असार १७ । गुल्मीमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम आउने क्रम जारी छ । जिल्लाका दुई नगरपालिका र केहि गाउँपालिकाकोे मतगणनाको नतिजा सार्वजनिक भैसकेको छ भने केहिको हुदै छ ।

मतगणनाका पछिल्लो परिणाम अनुसार जिल्लाका रेसुंगा र मुसिकोट नगरपालिकामा नेपाली काँग्रेसको पत्तासाफ भएको छ भने नेकपा एमालेलाई फलिफाप भएको छ । नेकमा एमालेले रेसुङ्गा नगरपालिकामा विजयी हाँसिल गरे लगत्तै जिल्लाको अर्को नगरपालिका मुसिकोटमा पनि शानदार जित हासिल गरेको छ ।

मुसिकोट नगरपालिकामा वडा नम्वर १ वाहेक सवै वडाहरुमा पुरै प्यानल सहित एमालेका पार्टी सचिव सोमनाथ सापकोटा मेयरमा भारी मतान्तरले विजयी भएका छन् । उनी निकटतम प्रतिव्दन्दी कांग्रेसका कृष्णहरी सापकोटालाई ६ सय भन्दा बढि मतले पछाडी पार्दै विजयी भएका हुन ।

तस्वीर मेयर सापकोटा र उपमेयर शर्मा संगै पुरै एमालेबाट निर्वाचित वडाध्यक्ष लगायतम सामुहिक तस्वीर खिचाउँदै

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *