सहकारी दिवशको अबसरमा बुर्तिवाङमा रगत समुह पहिचान कार्यक्रम

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ असार १७ । सिवाईसि साकोस सेवाकेन्द्र बुर्तिबाङ साखा द्धारा अन्तराष्ट्रिय सहकारी दिवशको अबसरमा शनीबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रगत पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको सहयोगमा सञ्चालीत कार्यक्रमका अबसरमा यस क्षेत्रमा हुनसक्ने आपतकालीन अबस्थाका घटनालाई लक्षित गर्दे सहजता होस भन्ने उदेश्यले सिवाईसि साकोस सञ्चालक समिती सेवा केन्द्रका पदादिकारी, सेयर सदस्य, बिभिन्न सँघसँस्थाका पदादिकारी पत्रकार लगाएत ६८ जनाको रगत पहिचान गरीएको छ ।

आबश्यक परेको जुनसुकै समयमा रतmदान गर्न सक्ने गरी बिभिन्न ब्यातिmहरुको रगत पहिचान गरीएको र आज पहिचान गराएका सबै ब्यातिmहरुको नाम ठेगाना र फोन नम्बर सहित फल्याक्स बोर्डमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा टाँसिने र आबस्यक परेको खण्डमा रगत मिल्ने ब्यतिmले रगत दान गरिदिन सिवाईसि साकोस बुर्तिबाङ साखा प्रर्बन्दक अर्जुन रेग्मीले बताए ।
क्रमका अबसरमा बुर्तिबाङ सेवाकेन्द्र सञ्चालक समिती उपसम्योजक कृष्ण केसीको अध्यक्षता, ढोरपाटन नगरपालीका वडा नँ २ का वडा अध्यक्ष युवराज महतको प्रमुख आतिथ्यता, सिवाईसि साकोस केन्दि«य सदस्य एवम रेडक्रस उपसाखा बुर्तिबाङका संयोजक मेषलाल शर्मा, बुर्तिबाङ प्राथमिक स्वास्थय केन्द्र ब्यबस्थापन समिती अध्यक्ष कृष्ण भण्डारी, ढोरपाटन नगरपालीका वडा नँ ३ का अध्यक्ष हेमेन्द्र घर्ति, बुर्तिबाङ स्थित बिभिन्न सरकारी गैरसकारी सँघसँस्थाका प्रतिनीधि, पत्रकार, सेयर सदस्य लगाएतको आतिथ्यता सँगै रगत पहिचान भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी युवराज महतले बोल्दै बुर्तिबाङ क्षेत्रमा रगत सँकलन गर्ने मेशिनको अभाब भईरहेको अबस्थामा तत्काल बिरामिलाई सेवा दिने उदेश्यले रतmदान अभियान सञ्चालन गरेकोमा आयोजक टिमलाई धन्यबाद ज्ञापन गर्दे रक्तदान गर्नु कुनै ब्यतिmलाई मृत्युबाट बचाउनु भएका कारण यस्तो सेवामुलक कार्यमा सबैले आबस्यक परेको अबस्थामा सहयोग गनुपर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रमका अतिथी मेषलाल शर्माले बोल्दै पछिल्लो समय सहकारी प्रशस्त मात्रामा स्थापना भएर बिभिन्न क्षेत्रबाट अगाडि बढीरहँदा सिवाईसि साकोस जनताको मनमनमा बस्दै फरक तवरबाट सेवा सुबिधा सँगै अगाडि बढिरहेको बताए ।

उनले हुने खानेको सम्पती हुँदा खाने सम्म पुर्याउने र सबै जनताको सहयात्री बन्दै गत बर्ष प्रदेश नँ ४ कै उत्कृष्ट सहकारी भईसकेका कारण अब देशकै नमुना र एक्सेसमा जाने तयारी समेत भईरहेको जानकारी दिए ।

कार्यक्रम सिवाईसि साकोस सेवाकेन्द्र बुर्तिबाङका प्रबन्धक अर्जुन रेग्मीको स्वागत सेवा केन्द्र ब्यबस्थापन समिती सचिब चुडामणि भुषालको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *