स्व लक्ष्मण थापाका पीडित परिवारलाई देश विदेशबाट सहयोग प्राप्त हुने क्रम जारी

थम्मन थापाा सन्देश, गल्कोट २०७४ असार १७ । रोजगारीको सिलसिलामा कतार पुगेका बागलुङको गलकोट नगरपालिका ७ मल्म टोकरीका स्वर्गीय लक्ष्मण थापाको परिवारलाई देश विदेशबाट सहयोग प्राप्त शुो क्र जारी छ । कतारको एक रेष्टुरेन्टमा काम गर्ने क्रममा गत फागुन १२ गते ३४ वर्षको उमेरमा थापाको मृत्यु भएको थियो । उनी ६ महिना पहिले रोजगारीको सिलसिलामा खाडी मुलुक कतार पुगेका थिए । स्वर्गीय थापाको श्रीमती १ छोरी र तिम्ल्याह छोराहरु रहेका छन ।

उनको मृत्यु पश्चात परिवारको बिचल्ली भएको भन्दै श्रीमती र बच्चाको भविष्यको लागि विभिन्न देशमा रहेका गल्कोटेहरुले आर्थिक सहयोग गरेको स्वर्गीय थापाका भाई मोहन थापाले जानकारी दिए ।

अहिले सम्म जापान बाट नगद रु १० लाख, युरोपबाट रु २ लाख ८७ हजार ७ सय ९६, लण्डनबाट रु १ लाख ६८ हजार ६ सय १०, राम बहादुर थापा सुन्तलारुख बाट रु १ लाख, केशव थापाले रु १० हजार, खम बहादुर थापाले रु २० हजार र बिमल बोगटीले रु २० हजार आर्थिक सहयोग गरेका छन । सहयोग प्राप्त भएको उक्त रकम परिवारको रोहबरमा प्रभु बैंक लिमिटेडमा जम्मा गरिएको परिवारले जनाएको छ । उक्त रकमको ब्याज प्रत्येक ३ महिनामा परिवारले झिकि प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

आर्थिक सहयोग गर्न ईच्छुक महानुभावले प्रभु बैंकको खाता नम्बर १११०१२००६३२७१५०००००३ मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *