हाल सम्म गुल्मीको चुनावी परिणाम : कांग्रेस दुई, एमाले तिन स्थानमा विजयी

प्रेम सुनार, गुल्मी, २०७४ असार १७ । गुल्मीको चुनावी ईतिहासिमा साविकको तम्घास हाल रेसुङ्गा नगरपालिकामा पहिलो पटक कांग्रेसको किल्लामा विजयको झण्डा फर्फराउन पाएको नेकपा एमालेले यस नगरपालिका सहित दुई गाउँपालिका गरी तिन स्थानमा जित हाँसिल गरेको छ ।

रुरु गाउँपालिका प्रमुखमा भारी मत अन्तरले नेकपा एमालेका निलकण्ठ गौतम विजयी भएका छन् । उनले ५०२२ मत ल्याएर कांग्रेस माओवादी गठवन्धनका उमेदवार यदु ज्ञवाली (३५६३) लाई पराजीत गरेका हुन् । उप प्रमुखमा पनि एमाले कै लक्ष्मी पन्त ५५८८ मत ल्याएर विजयी भएकी छन् । उनका प्र्रतिद्धन्द्धी कांग्रेसका देविन्द्र मल्लले ३४४६ मत प्राप्त गरेर पराजित भएका छन् ।

मालिका गाउँपालिकामा पनि अधिकांस वडा सहित एमालेले प्रमुख , उपप्रमुखमा विजयी हाँसिल गरेको छ । प्रमुखमा ४०४२ मत ल्याएर रितबहादुर थापा विजयी भएका छन् ।उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४४७ मत ल्याएका थिए ।
उपमेयरमा पनि एमालेकै देवा अर्यालले ४०२५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी सिता अर्यालले ३७५९ मत ल्याएकी थिईन् । २०६४ साल सम्म माओवादीको लालकिल्लालाई उसले यसपालीको निर्वाचनमा आएर गुमाएको छ । ईस्मा गाउँपालिकामा पनि एमाले कै अग्रता रहेको छ ।

छत्रकोटमा पनि एमालेले अग्रता लिई रहेको छ । मुसिकोट नगरपालिकामा पनि उसैले अग्रता लिई रहेको छ । अन्य चार वटा गाउँपालिकामा भने कांग्रेस माओवादी केन्द्रको गठवन्धनले अग्रता लिई रहेको छ ।

धुर्कोट गाउँपालिकामा कांग्रेसको समर्थनमा माओवादी केन्द्रका भुपाल पोखेरलले अग्रता लिई रहेका छन् । त्यस गाउँपालिकको अन्य सवै वडा गनेर एमालेका गड रहेको साविकको वाग्लामा ५७६ मत गणना हुँदा ३७९ एमाले र गठवन्धले १८० मत प्राप्त गरेको जनाईको छ ।

त्यस वेला सम्म पोखरेलेले ५ सय भन्दा बढि मतले अग्रता लिएका छन् । वाग्लामा खसेको कुल मत १६७६ मध्ये करिव ११ सय मतमा एमालेका कृष्ण घिमिरे र गठवन्धनका पोखरेलको भविश्य लुकेको छ । वाजी कसले मार्ने हुन यसै भन्ने अवस्था छैन् ।

मदानेमा हिजो देखि मत गणना सुरु भएकोले परिणाम आई सकेको छैन् । कांग्रेस एक्लैले गुल्मी दरवार र चन्द्रकोटमा जित हाँसिल गरेको छ । मओवादी केन्द्र गठवन्धन सहित र एकल गरी अहिले सम्म १५ वटा वडाध्यक्षमा विजयी हाँसिल गरेको छ भने अन्य वडाहरुमा विजयी उन्मुख रहेको छ ।

यसैवीच सहकर्मी कमल पौडेलले खर्वाङबाट दिएको जानकारी अनुसार गुल्मीको अर्को मुसिकोट नगरपालिकामा नेकपा एमाले जीतको नजिक रहेको श्रोतले बतायो । हालसम्मको मत गणनाको परिणाम अनुसार एमालेबाट मेयरका उमेदवार सोमनाथ सापकोटाले ५२५५ र उपमेयरमा कमला शर्मा ५२३० मत प्राप्त गरेका छन् भने काँग्रेसबाट मेयरका उमेदवार कृष्णहरी सापकोटाले ४३०१ मत ल्याएका छन भने उपमेयरमा विष्णु सापकोटालाई ४३९६ मत प्राप्त भएको छ ।

सो नगरपालिकामा माओवादी केन्द्रका मेयरका उमेदवार खुम वहादुर थापाले ६७१ र उपमेयरमा हुमकला खरेलले ६१५ मत प्राप्त गरेकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *