रेसुंगाको विजयी सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष ओली तम्घास आउदै

प्रेम सुनार गुल्मी २०७४ असार १७ । गुल्मीको सदरममुकाम रहेको रेसुंगा नगरपालिकामा नेकपा एमालेको विजयी सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी ओली तम्घास आउने भएका छन् ।

प्रेस चौतारी गुल्मीका अध्यक्ष शिव सुवेदीले दिएको जानकारी अनुसार अध्यक्ष ओली आज तम्घासमा हुने विशाल विजयी सभालाई सम्वोधन गर्न दिउँसो २ बजे आईपुग्ने छन् ।

स्मरणीयछ, आज विहान घोषित परिणाम अनुसार रेसुंगा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका डिल्लीराज भुसाल र सीता भण्डारी विजयी भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *