हटिया शिवालय घाटको मोटरेबल पुलको ६० प्रतिशत निर्माण कार्य सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७४ असार १७ । गल्कोट हटियाको गौदी खोला शिवालय घाटको मोटरेबल पुलको निर्माण कार्यले तिब्रता लिएको छ ।

नेपाल सरकार सडक विभाग अन्तरगत जुम्ली आचार्य निमार्ण सेवाले जिम्मा लिएको हो सो मोटरेबल पुलको काम करिब ६० प्रतिशत सम्पन्न भएको निमार्ण सेवाका निरिक्षक महेन्द्र घर्तीले जानकारी दिएका हुन् ।

कुल ३ करोड ७ लाख लागतमा २८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुल निर्माणको काम तिब्र रुपमा भएतापनि बर्षात सुरु भए संगै पटक पटक बाढीले काम प्रभाबित पारेको घर्तीले बताए । घर्तीले अहिले सम्म एक मजदुरको दखद निधन भएको बताउदै करिब २० लाख बराबरको क्षति भएको बताए ।

अहिले पुल निमार्णको क्रममा शिवालय घाट तर्फको साईडको पी सेट निर्माण सम्पन्न भएको घर्तीले बताए । उनले हटिया बजार फोहोरले कुरुप बन्दै गएको अबस्थामा नकुहिने फोहोर संकलन गरि शनिबार दिउसो ४ बजे सम्म पुलको नजिक शिबालय घाटमा जम्मा गर्न बजारबासीलाई अनुरोध गरेका छन् ।

यो नेपाल सरकार सडक निर्माण विभागले नयाँ ईन्जिनियरिङ अनुसार बनाउने नेपालको पहिलो पुल भएको जानकारी दिँदै घर्तिले अधिकतम छिटो र स्तरीय काम गरेर २०७५ सालको असार भित्रै सम्पन्न गर्ने बताए ।
गल्कोटमा औषधी हस्तान्तरण गरियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *