गुल्मीको रेसुङ्गा नगरपालिकामा एमालेका डिल्लीराज भुसाल विजयी

मुसिकोट नगरपालिकाको मेयर/उपमेयर दुवैमा एमाले विजयी हुने लगभग निश्चित !

प्रेम सुनार गुल्मी २०७४ असार १७ । रेसुङ्गा नगरपालिकामा झिनो मतले कांग्रेस उमेदवार भुवनप्रसाद श्रेष्ठलाई पछाडी पार्दै एमालेका डिल्लीराज भुसालले उनै श्रेष्ठ संग २० वर्ष अघिको हारको वदला लिएका छन् ।

संयोग २०५४ सालमा पनि साविकको तम्घास गाविसमा यी दुवै जना दुवै दलको तर्फबाट गाविसको अध्यक्ष पदमा भिडेका थिए र भुसालले हारेका थिए ।

प्राप्त मत परिणाम अनुसार मेयरमा एमालेका भुसालले ६३८१ मत र उपमेयरमा एमालेकै सीता भण्डारीले ६२१३ मत ल्याएर विजयी भएका छन् । मेयरमा कांग्रेसका श्रेष्ठ ६२०४ मत उपमेयरमा अमृता देवि कुँवर ६१७९ मत प्राप्त गरेका छन् ।

१४ वडा मध्ये ६ वटा वडामा जित हाँसिल गरेको एमालेले यसलाई ऐतिहासिक जितका रुपमा लिएको सो पार्टीका सचिवालय सदस्य गणेश श्रीपालीले बताए ।

उता मतगणनाको रुझान अनुसार गुल्मीको अर्को मुसिकोट नगरपालिकाको मेयर उपमेयरमा पनि नेकपा एमाले विजयी हुने निश्चित देखिन्छ । गणना भएका ६ वडाहरुमा मुसिकोट-१ को अध्यक्ष बाहेक अन्य सबै वडामा नेकपा एमाले बिजयी भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *