प्रवास : कतार नेपाली एकता समाजको एरिया समिति गठन

उद्धव मगर, दोहा कतार २०७४ असार १७ । जुन ३० का दिन कतार नेपाली एकता समाज अलखोर रस्लाफान एरिया समिति गठन गरेको छ भने एरिया समिति गठन गर्नका लागि सनैया सी एरिया समितिका कोषाध्यक्ष थमन पुनको विशेष पहलमा एरिया समिति गठन भएको छ, उक्त कार्यक्रममा अध्यक्षता दिपेश भण्डारीको रहेको यस कार्यक्रममा प्रमुख अतिथी कतार नेपाली एकता समाजका लुमाकान्त पुन विशेष अतिथी कतार नेपाली एकता समाजका केन्द्रिय सदस्य राम प्रसाद पराजुली र हाँक साप्ताहिक पत्रकार उद्धव मगरको उपस्थिती रहेको थियो ।

संचालक सचिव दिल बहादुर ओलीको संचालनमा कार्यक्रम अगागी बढेको थियो । उक्त कार्यक्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले कतार नेपाली एकता समाज स्थापना गर्नुको मुख्य उद्देश्यको विषयमा प्रस्ट पार्दैे कतारमा विभिन्न जिल्लावासी संगठन लगाएत यहाँ क्रियाशिल संगठनहरु लगभग १५० को हाराहारीमा रहेको र त्यस संगठन भन्दा कतार नेपाली एकता समाजको छुट्टै भिजन भएकोले कतारमा रहेका आम मजदूरहरु यस संगठनप्रति अति नजिक रहेको बताउदै कतार नेपाली एकता समाजले विशेष त आम शोसित पिडित मजदूरहरुकै आवाज उठाउदै आएको र आगामी दिनहरुमा पनि कतार नेपाली एकता समाजले आम मजदूरले भोक्दै आएका दुःख पीडाको विषयमा आफ्नो संगठनले निरन्तर लागि पर्ने कुरा राख्दै गठन हुदै गरेको समितिलाई अग्रिम शुभकामना दिए ।

यस समिति गठन हुदै गर्दा समितिका पदाधिकारीहरुमा अध्यक्ष, दिपेश भण्डारी, उपाध्यक्ष, पुष्प लाल पुन, कोषाध्यक्ष, धर्मजित वि.क, सचिव दिल बहादुर ओली, सदस्यहरु चन्द्र घताने, सुरेन्द्र पुन, सन्तोष मल्ल, भुमीराज रम्जाली , हुमराज दजी, अशोक वि.क, राजेश धिमाल, दिपेश मण्डल, दिलेन्द्र रोकका, रामकाजी कट्टुवाल, फत बहादुर वि.क., श्याम पुन, निर बहादुर सिंजाली मगर, रहेका छन भने ४ सदस्यी सल्लाहाकार चयन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *