भदौ १ गते देखी बागलुङ बजारमा तीन दिवसीय महिला तथा तीज महोत्सव-२०७४ को आयोजना गरिने !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ असार १६ । बागलुङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति बागलुङले सदरमुकाम बागलुङ बजारमा सामाजिक न्याय लैंगिक समानता र स्वतन्त्रताको आवाज लोक संस्कृति संरक्षण संगै सभ्य र समृद्ध समाज भन्ने नाराका साथ भदौ १ देखी ३ गते सम्म तीज महोत्सव २०७४ विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ ।

महिलाहरु व्दारा उत्पादित सामग्री लघु उद्योग तथा जडिबुटीरुको स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरामा प्रचार प्रसार गर्ने उद्देश्यका साथ महिला महोत्सव तथा तीज महोत्सव आयोजना गरिने शुत्रmकार पत्रकार सम्मेलन गरि महिला उद्योम विकास समितिकी अध्यक्ष भगवती केसीले जानकारी दिएकी हुन् ।

महोत्सवमा महिला खुल्ला तीज गित प्रतियोगिता, जातिय भेष भुषा प्रतियोतिता , खुल्ला नृत्य प्रतियोगिता,वक्तृत्वकला प्रतियोगिता, घैटोफोर प्रतियोगिता, संचालन गरिनुको साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने बताईएको छ । मेलामा २० वटा स्टल राखिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । उक्त महोत्सव सन्चालनका लागि अनुमानित रु १२ लाख खर्च लाग्ने र महोत्सवबाट रु १५ लाख आम्दानी हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

महोत्सव व्यवस्थापनका लागि विभिन्न समितिहरु बनाई त्यस्को संयोजकहरु समेत तोकिएको छ । महोत्सवको मुल संयोजकमा भगवती केसी, सदस्य सचिवमा लाल कुमारी बस्नेत अम्बिका र संयोजकहरुमा प्रचार प्रसार तथा वतृत्वकला उषा पौडेल, आर्थिक व्यवस्थापन शर्मिला खड्का , मन्च साउण्ड सिस्टम विष्णु लम्साल, विद्युत व्यवस्थापन लक्ष्मी श्रेष्ठ, तीज गीत प्रतियोगिता विकला थापा, राष्ट्रिय कलाकार बाध्यवाधक रेणु केसी संयोजक तोकिएको छ ।

भेषभुषा प्रतियोगिताको संयोजकमा सीता राजभण्डारी, झाँकी तथा ¥याली विजया श्रेष्ठ, सुरक्षा व्यवस्थापन तथा स्वयंसेवक जुनु श्रेष्ठ, खुल्ला नृत्य प्रतियोगीता सनिसा घर्ती, स्तल व्यवस्थापन अचर्ना पालिखे, टिकट व्यवस्थापन मेनुका शाक्य, नारायण देवी राजभण्डारी, तारा रिजाल, खाना व्यवस्थापनमा सीता सापकोटा संयोनक रहेका छन् ।
त्यसै गरि खानेपानी व्यवस्थापन सम्झना कंडेल, पञ्चकन्या पार्वती अधिकारी अतिथी सत्कारमा पुर्व अध्यक्षहरु र घैटोफोर प्रतियोगितामा शशिकीरण श्रेष्ठलाई कार्यजिम्मेवारी बाँडफाड भएको छ ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी नेपाल पत्रकार महासंघका सचिब राम थापा लगायतले तीज महोत्सब लाई मौलिक बनाउन सुझाव दिएका थिए । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक गरी ६० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको बागलुङ उद्योग बाणिज्य सघंले जनाएको छ । महोत्सव बागलुङ बजार स्थित बानपा २ लोकतान्त्रिक चोकमा संचालन गर्ने आयोजकले बताएका छन् ।

कार्यक्रम महिल उद्योम विकास समितिकी अध्यक्ष भगवती केसीको अध्यक्षता सचिव अम्बिका बस्नेतको संचालमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *