आँगाखेतमा पहिरोले एकल महिलाको बिचल्ली, विद्यालय भवन जोखिममा

थम्मन थापा सन्देश गल्कोट २०७४ असार १६ । गल्कोट नगरपालिका ७ आगाखेतमा १ घर पहिरोको उच्च जोखिममा परेको छ । मल्म पाण्डवखानी सडक खण्डको स्तरोन्नति गर्ने क्रममा घरलाई जोगाएर ढुङगा माटो फालिएको भएपनि गएरातिको वर्षा र कुलोको ओभरफलो पानीले सडक तल रहेको मन कुमारी चोखालको घरको पछाडी र आसपास पुरिएको छ ।

वर्षा पछि घरभित्र लेदो माटो समेत पसेको छ । आर्थिक अवस्था कमजोर रहेकी चोखाल एकल महिला समेत हुन् । अहिले घरमा बस्न जोखिम बढेपछि आज स्थानियको सहयोगमा सरसामान लत्ता कपडा सहित छिमेकी कहाँ आश्रय लिएी छन् ।

९ वर्ष पहिले श्रीमानको निधन भएको र सन्तान पनि नभएकी चोखालले आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध गरेकस् छन् । हुलुवा खोलाको किनारमा रहेको घर देखि माथि सडक र सिचाई कुलो भएकोले जुनकुनै बेला पहिरो खस्न सक्ने खतरा रहेको गल्कोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए। थापाले आजै घरको स्थलगत अवलोकन गरि त्यहॉको वस्तुस्थितिको बारेमा जानकारी समेत लिएका छन् ।

सडक स्तरोन्नतिको क्रममा सडक मुनी रहेको हुलुवा खोलामा गएको ढुङगा माटो सहितको गेग्रेटे माटोको कारण खोलामा पानीको बहाब बढदा बाढीको खतरा हुन सक्ने स्थानियले बताएका छन । घर माथिबाट खसेको ढुङगाले आडैमा रहेको गोठमा समेत क्षति पुराएको छ । वर्खायाम लागे सॅगै उक्त गेग्रेटो माटोले स्थानिय दिपज्योति आधारभुत विद्यालय समेत जोखिममा परेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *