२० वर्ष पछि जम्मा २ मतले जिते ‘दारीवाला’ले

प्रेम सुनार, गुल्मी २०७४ असार १६ । नेकपा एमाले बृत्तमा दारीवाला कमरेडका रुपमा परिचीत कर्णध्वज जिसी २० वर्ष पछि मुसिकोट नगरपालिका वडा नम्वर ३ मा चुनाव लडेर जम्मा दुई मतको अग्रताले विजयी हाँसिल गरेकाछन् ।
२०५४ सालका स्थानिय निर्वाचनमा हालको वडा नम्वर ३ र ४ को बडागाउँ गाविसमा गाविस उपाध्यक्ष जितेका जिसीले यसपाली कांग्रेसका उमेदवार झविन्द्र भण्डारीलाई ६१९ का विरुद्ध ६२१ मतले अग्रता लिई विजय हाँसिल गरेका हुन् । विजयी जुलुसमा हिडेका जिसीले छोटो प्रतिकृया दिदै भने २० वर्ष पछि पुनः यो रोचक चुनावी अनुभव संगाल्न पाएको छु र अत्यन्तै खुशी छु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *