गायक तथा मोडल केसीव्दारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

तारा शर्मा, बागलुङ २०७४ असार १६ । गायक तथा मोडल हस्त केसी जलनले मानव सेवा आश्रमलाई बिभिन्न खाद्य सामाग्री प्रदान गरेका छन् । केसीले आफ्नो जन्मदिनको अवसर पारेर मानव सेवा आश्रमलाई खाद्य सामाग्री प्रदान गरेका हुन् ।

२९ बर्ष पुरा गरि ३० बर्ष लागेको अवसरमा उनले तेल, चाउचाउ, भुजा लगाएतका सामाग्री आश्रमका संचालिका सुनिता श्रेष्ठलाई हस्तान्तरण गरेका हुन।

केसीले जन्म दिनको अवसरमा गरिने खर्चलाई कटाएर आश्रममा रहेकाहरुको जीवन यापनका लागि सहयोग गरेको बताए । आगामि दिनमा पनि कुनै शुभ कार्य गर्दा सहयोग गर्दै जाने बताए।
आफ्नो खुसीलाई मानविीय सहयोगका लागि बाँडेकोमा केसीलाई धन्यावाद व्यक्त गर्दै संचालक श्रेष्ठले अनावश्यक रुपमा गरिने खर्चलाई मानव हितमा लगाउन आग्रह गरेकी थिईन ।

बानपा ४ उपल्लाचौर निवासी केसी कलकारीता क्षेत्रमा निरन्तर रुपमा लागिरहेका छन् । उनका करिव १ दर्जन गीतहरु बजारमा आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *