गल्कोटको छिसमा रोपाई महोत्सव सम्पन्न, दही च्यूरा खाँदै रोपाई गर्दै जन प्रतिनिनधी !

थम्मन थापा सन्देश, गल्कोट २०७४ असार १५ । गल्कोटमा १४ औं राष्ट्रिय धान दिवस एवं रोपाईँ महोत्सव सभ्य र भव्यरुपमा मनाईएको छ । लक्ष्मीनारायण मन्दिर गुठी व्यवस्थापन समिति गल्कोट नगरपालिका ९ छिसको आयोजनामा गुठीको ७ रोपनी खेतमा धान रोपाई गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले कृषक मैत्री वातावरण निर्माण गरि कृषकलाई गर्ने सहयोगमा नगरपालिका सदैव प्रतिवद्ध रहने बताउदै कृषकलाई कृषि प्रति आकर्षित गराउनु आजको आवश्यकता रहेको कुरामा जोड दिए ।

त्यस्तै कृषि सेवा केन्द्र हरिचौरका प्रमुख डि एन दाहालले केन्द्रले कृषकलाई प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाउदै गलकोटमा छिट्टै २ ओटा धान काटने मेसिन आउने जानकारी दिए ।

सो अवसरमा गलकोट नगरपालिका वडा नं ९ का अध्यक्ष तेज बहादुर थापा, वडा नं ९ का अध्यक्ष राम प्रसाद कॅडेल र नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसेले मन्तव्य राखेकी थिईन। सामुहिक धान रोपाईमा करिब १०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, पत्रकार तथा अतिथिहरुलाई सम्मान समेत गरिएको थियो ।
दही चिउरा खाँदै मेयर, वडा अध्यक्षहरु र अतिथिहरु समेत रोपाईमा सहभागी भई उक्त धान दिवस मनाईएको थियो ।

विसं २०२३ सालमा निर्माण गरिएको उक्त मन्दिर मध्य पहाडी लोकमार्गको मुनि पट्टी रहेको छ । आजै मन्दिरमा आयोजित परिचयात्मक कार्यक्रममा गलकोट नगरपालिका ७ आगाखेतका समाजसेवी लोकमार्गमा वसन्त केसीले रु १ लाखको लागतमा पक्की प्रवेश द्वार निर्माण गर्ने घोषणा समेत गरेका छन् ।

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रमणि सापकोटाको अध्यक्षता, सहसचिव प्रेमसागर सापकोटाको स्वागत र सचिव यज्ञ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *