पशुपति बाल क्लबको सक्रियतामा विद्यालयमा वृक्षारोपण

डम्मर बुढा मगर बुर्तिबाङ २०७४ असार १५ । निसीखोला गाउँपालिका वडा नम्बर ३ मा अवस्थित पशुपति आधरभूत विद्यालय धारखर्कमा रहेको पशुपति बाल क्लबको सक्रियतामा विद्यालय वरपर वृक्षारोपण गरिएको छ ।

वातावरणलाई हरियाली,स्वच्छ र सुन्दर बनाउने उद्देश्यले वृक्षारोपण गरिएको बताइएको छ । विद्यार्थीहरुले काब्रो,दुदिलो लगाएतको बिरुवा लगाएका छन् । वृक्षारोपणमा शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *