धान दिवसका अवसरमा सिवाईसीव्दारा सहकारी शिक्षा तालिम सम्पन्न

सुमन जि.सी, बागलुङ २०७४ असार १५ । देशभर असार १५ गते लाई धान दिबसको रुपमा मनाईरहेको सन्दर्भमा जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले पनी एक कार्यक्रम गरेर संस्थाको केन्द्रिय कार्यालय बागलुङ बजारमा धान दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको महिला विकास उपसमितिको संयोजनमा आयोजित कार्यक्रमका अवसरमा संस्थाका सल्लाहाकार देववहादुर श्रेष्ठ, जगन्नाथ आचार्य, म्याग्दी जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष अमृता श्रेष्ठ लगाएतले धान दिवसको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सिवाईसी साकोसले सञ्चालन गरिरहेका गतिविधि, संस्थाले प्रदान गर्दै आईरहेका बचत तथा ऋणका सेवा सुविधा, सामाजिक सुरक्षा तथा मानविय समवेदनमा संस्थाले उपलव्ध गराउने सेवा सुविधा लगाएतका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, उपसमितिहरु, शेयर सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *