अपडेट : गुल्मीमा माओवादीले खाता खोल्यो

प्रेम सुनार, गुल्मी, २०७४ असार १४ । गुल्मीको चन्द्रकोट गाउँ पालिकाको वडा नम्वर १ मा नेकपा मओवादी केन्द्रले खाता खोलेको छ । उसले साविकको विशुखर्क गाविसमा जित हाँसिल गरेको हो ।
त्यस गाविस सहित साविकको दिव्रुङ्ग पनि माओवादी केन्द्रले जित्ने विपक्षीहरुले समेत सम्भावना देखि रहेको बेला त्यसमा झिनो मतले एमालेले अन्तिम अग्रता दिएको बताईएको छ ।
वडा नम्वर ३ मा टंकबहादुर क्षेत्री .( नविन ) वडाध्यक्ष सहित उनको पुरै प्यानले विजयी भएको हो । गाउँपालिका प्रमुखमा पनि माओवादी केन्द्रका युवराज केसी झण्डै दोव्वर मतले अग्रता लिई रहेको छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *